काठमाडौँ — नेपाली शेयर बजार स्थिर देखिन थालेको छ । बजारमा लगानीकर्ता पर्ख र हेरको अबस्थामा देखिन थाले पछि बजारले गति लिन सकेको छैन । यो साता मात्र बजारमा ५१ अंकको गिरावट आएको छ भने, साढे सात अर्बको कारोबार भएको छ । साथै बजार पूजीँकरण समेत २८ खर्ब २६ अर्बमा सिमित भएको छ । नेपालको पुँजी बजार फेरि स्थिर देखिन थालेको छ । यो साता बजार सुचक नेप्सेमा उतार चढाव निकै कम देखियो ।
साताको अन्तीम कारोवारको दिन शुक्रबार नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । २ घन्टा खुलेको बजारमा ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । सूचकले निश्चित गति समाउन नसकेपछि खरिदबिक्री रकम पनि सुस्त भएको छ । बजार माथितिर जाने खोजेको तर नसकेको तल झर्ने ठाउँ पनि नभएको विश्लेषण गरिएको छ । बजारमा खासै उतारचढाव आउन नसकेको अवस्थालाई बजारको भाषमा साइडवेज भन्ने गरीन्छ । सेयर बजार घटेर निकै तल आइसकेको, मूल्य पनि निकै सस्तो भएको अवस्था छ ।
यस्तै, लाभांश सिजन पनि सुरु हुन लागेको छ । यस परिपेक्ष्यमा केही दिनको साइडवेजपछि पुनः गति समाउने धेरैले विश्लेषण गरिरहेका छन् । समग्रमा हेर्दा यतिबेला सेयर बजारका लागि क्रमशः सकारात्मक खबरहरु आइरहेका छन् । अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएका छन् । रेमिटेन्स विस्तारै बढ्दो क्रममा रहेको छ । सरकारले अनावश्यक आयात नियन्त्रण गरेको छ । बजार माथि जान नसकेपछि सर्वसाधारण लगानीकर्ता पनि नेप्सेको मुभमेन्ट अध्ययन गरिरहेका छन् ।
आम लगानीकर्ता बजार घटेका बेला पनि ‘पर्ख र हेर’ कै रणनीतिमा बस्दा कारोबार रकम पनि सुस्त भइरहेको छ । सबल वित्तीय सूचक भएकै कम्पनीहरुको भाउ निकै तल आइसकेका कारण दीर्घकालीन लगानीकर्ताका लागि अहिलेको भाउ निकै लाभप्रद हन सक्ने देखिन्छ । वित्तीय संस्थाले केही कर्जा प्रवाह गरे र तरलतामा थोरै सुधार भएमा नेप्से माथि जान धेरै समय नलाग्ने अनुभवीहरु बताउँछन् । यो साता नेप्से सुचकमा समग्रमा ५१ द्यशमलव ७ अंकको गिरावट आएको छ । साता भर ६ दिन खुलेको बजारमा ४ दिन गिरावट आयो भने दुइदिन मात्र सामान्य सुधार देखिएको थियो ।
आइतबार र बुधबार उच्च अंकले घटेको बजारमा अन्य दिन भने ठुलो परिवर्तन हुन सकेन । साथै, यो साता कारोवार रकममा समेत उच्च गिरावट आएको छ । साता भर नेप्सेमा ७ अर्ब ५५ करोड ४३ लाख ५८ हजारको मात्र कारोबार भएको छ । हाल बजार पूजीँकरण २८ खर्ब २६ अर्ब ६४ करोड ६ लाख २४ हजार ३५८ रुपैया छ ।
प्रतिक्रिया