काठमाडौँ — राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुहरुमा एमालेसहितको भागबन्डा मिलेको छ । दुई तिहाई बहुमत रहेको भनी सत्ता गठबन्धनले रिक्त रहेका राष्ट्रिय सभाका चार वटै समितिको सभापति आफैँ राख्न खोजेको थियो । तर, राष्ट्रिय सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको भनी एमालेले कम्तिमा एउटा सभापति भए पनि पाउनुपर्ने अडान राख्दै आएको थियो । गठबन्धनमा रहेका दलहरु एमालेलाई एउटा समितिको सभापति छाड्न तयार भएपछि रिक्त सभापतिहरुको पदपूर्तिका लागि यही भदौ २३ गते निर्वाचन गर्ने सहमति जुटेको छ ।
सहमति अनुसार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीले लिने तय भएके छ । यो समितिको सभापतिमा नेकपा एकीृकृत समाजवादीका महासचिव समेत रहेका बेदुराम भुसाललाई दिने सहमति भएको नेताहरुले बताएका छन् । यसैगरी, एमालेले राष्ट्रिय सरोकार समितिको सभापति लिनेछ । एमालेका नेताहरुका अनुसार यो समितिको सभापतिमा यसअघि एमालेकी पार्वती रावल दिलकुमारी नै थिइन् । उनैलाई दोहोर्याउने एमाले नेताहरुले बताएका छन् ।


प्रतिक्रिया