काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आगामी २१ भदौभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी मंसि ४ गते हुने निर्वाचनको लागि उम्मेदवारको नाम पठाउन निर्देशन दिएको हो ।
प्रतयक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरे केन्द्रमा पठाउनका लागि जिल्ला समितिहरुलाई निर्देशन दिएको हो । बैठकले निर्वाचनको पूर्व तयारीका विषयमा पनि केही निर्णय गरेको छ । महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ ।
मेचीको काकडभिट्टाबाट भाद्र ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुनेछ ।


प्रतिक्रिया