Breaking

कर्णाली प्रदेशको बैठकमा सहभागी हुन प्रचण्ड सुर्खेत जाँदै


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत जाँदैछन् । कर्णाली प्रदेशको प्रदेश स्तरिय बैठकमा सहभागी हुनका लागि प्रचण्ड सुर्खेत जान लागेका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार खुमलटारबाट सुर्खेतका लागि प्रचण्ड हिडिँसकेका छन् । सुर्खेत विमानस्थलमा बिहान ८ बजे पत्रकारसँग भेटघाट कार्यक्रम राखिएको छ । सो भेटघाटपछि प्रचण्ड पार्टीका नेताहरुसँगको भेटघाट र बैठकमा सहभागी हुने बताइएको छ ।

निर्वाचनलाई केन्द्रीत गरेर माओवादी केन्द्रले प्रशिक्षण कार्यक्रमहरु चलाइरहेको छ । आज कर्णालीमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम छ । यसअघि प्रचण्ड विभिन्न प्रदेश कमिटीले आयोजना गरेको बैठकमा सहभागी हुँदै आएका छन् ।