Breaking

महाभियोगमा चोलेन्द्रको चलाखी, सांसदलाई आछुआछु पारे, देउवा, प्रचण्ड र माधव संकटमा


काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाले आजपनि संसदीय समितिमा बयान दिएका छन् ।तर बयानका क्रममा राणाले आफुमाथिका आरोपको खण्डनभन्दा धेरै प्रतिप्रश्न र व्याख्यात्मक शैली अपनाएपछि समितिहायलकायल जस्तो बनेको छ । सधैं आरोपीलाई कानुनी कठघरामा उभ्याएर तीखोशैलीमा तीखै प्रश्न गर्ने बानी परेका चोलेन्द्रशम्सेर राणा यतिबेला आफै कानुनी कठघरामा छन् । ६ महिनाअघि प्रतिनिधि सभामा महाभियोग दर्ता भएपछि निलम्बनमा परेका राणालाई बुधबारदेखि महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएको छ । तर राणा आफुमाथि उठेकाप्रश्नको जवाफ दिनेभन्दा उल्टै अरुलाई आक्षेप र आरोप लगाउने गरि प्रतिरक्षा गरिरहेका छन् ।

राणाले बयानको पहिलो दिनमै महाभियोग निष्क्रिय भएकोदेखि आफ्नै सहकर्मी न्यायाधीशहरु प्रभावमा परेको आरोप लगाएका थिए । मदिरासेवन गरि सडकमै ढल्नेदेखि एकान्त कोठामा बोलाएर न्यायाधीशहरुले बार्गेनिङ गर्ने गरेको खुलाशासमेत गरेका थिए ।सरकार बनाउन परमादेश जारी गर्दा नै न्यायाधीशलाई प्रभावमा पारिएकोदेखि ललिता निवासको जग्गा प्रकरणबाट बच्न आफुमाथि महाभियोग लगाइएकोसम्मका दाबी राणाको छ ।

बुधबार करिब ३ घण्टा चलेको बयानमा राणाले आफ्नो बचाउ गर्नकै लागि धेरैमाथि आरोप थोपारेका छन् । आफ्नै नेतृत्वको फैसलामाथि शंका गर्दै संसद् विघटनको मुद्धामा ओलीको प्रशंसा गरेका छन् ।बिहिबारको बयानमा समेत उल्टै समितिका सदस्यहरुलाई प्रतिप्रश्न गरेर आछुआछु बनाएका राणालेआफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाएर महाभियोग सिफारिस समितिले सोधेका प्रश्न औचित्यहिन भएको दाबी गरेका थिए । जसले समितिलाई बयान लिनै हम्मेहम्मे परेको छ ।

बुधबार राणाको बयान करिब तीनघण्टा चलेको थियो । तर राणाका ज्याद्रोप्रतिप्रश्नका अघि बिहिबारको बैठक ३० मिनेट पनि टिक्न सकेन ।अब आइतबारका लागि भन्दै बयानतीन दिन पर सारिएको छ ।सोधिएका प्रश्नमा धेरै भूमिका बाँध्ने, धेरै प्रक्रियाबाट जाने र घरिघरि समिति र संसद्लाई नै प्रश्न गर्दै व्याख्यात्मक शैली अपनाउन थालेपछि यसको निकासमै प्रश्न उठेको छ । राणाको यो शैलीलाई स्वभाविक मानिएको छैन ।

राणाले बयानका क्रममा धेरैका धेरै खाले पोल खोलेका छन् ।राजनीतिक नेतृत्वदेखि न्यायालयका न्यायाधीश र बारका पदाधिकारीमाथि उठाएका सवाल निकै गम्भीर छन् । जसको जवाफ राजनीतिक नेतृत्व, न्यायाधीश वा बारको पदाधिकारीले नदिए स्वतः आक्षेप पुष्टि हुने खालका छन् । यता गठबन्धनको विरोध गर्दैगर्दा एमाले अध्यक्ष ओलीको तारिफ पनि गरेका छन् । फलतः चालेन्द्रको यो चलाखीपनका अघि महाभियोग सिफारिस समिति पनि निरीह बन्ने खतरा देखिएको छ ।