काठमाडौँ — एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण थपभयावहबन्दै गएको छ । एक महिनाको अवधिमामुलुकभर ७२ जिल्लामातीनहजार मानिस डेंगु संक्रमणबाट प्रभावित बनेको छ । दशैंतिहारताकाबढी देखिने डेंगु यसवर्ष अगाडि नै देखिनु चिन्ताको विषयत बनेको छ नै निरन्तर उकालो लागेको संक्रमणदर कतै महामारीकै रुपमा फैलिने त होइनत्रास समेत बढेको छ ।
डेंगु नियन्त्रण गर्ने सरोकारवाला के गर्दैछ कसरी नियन्त्रण हुन्छ त डेंगु । शुक्रराज ट्रोपिकलतथा सरुवा रोग अस्पतालमा केहि सातायताडेंगुका बिरामीले बेड भरिन थालेका छन । अस्पतालको इमरजेन्सी, ओपिडि देखि आइसियु वार्डसम्मै डेंगुकाविरामीउपचारमा छन ।
अस्पतालको प्यासेजमा समेत वेड राखेर विरामीको उपचार भईरहेका छ । वेडअभावमाविरामीहरुलाई अन्य अस्पतालमा समेत पठाउने गरेका छन । दैनिक सय भन्दा बढी विरामी अस्पताल आउँछन । अधिकांश विरामीमा डेंगु संक्रमण भेटिने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
शुक्रराज ट्रोपिकलतथा सरुवा रोग अस्पताल मात्रहोइनउपत्यकाका धेरै जसो अस्पतालहरुमा विरामीचाप बढ्दो छ । मुलुकभर ७२ जिल्लामा गरी डेंगु संक्रमितको संख्या ३२ सय नाघेको छ । ललितपुर जिल्लाउच्चजोखिममा छ । ललितपुरमाबुधवारसम्म ११ सय ८० डेंगु संक्रमित भेटिएका छन ।
क्रमश रुपन्देही ,काठमाडौ र भतmपुर अन्यजिल्लाको तुलनामाअलि बढि डेंगुको जोखिममा छन । प्रदेशगत रुपमाबाग्मतिप्रदेश सबैभन्दाजोखिममादेखिन्छ ।सरकारले डेंगु नियन्त्रण तथाजोखिमकमगर्न स्थानीयतहसँग समन्वयचेतनामूलककार्यक्रम साथै ‘खोज र नष्ट गर’ अभियानलाई तिव्रतादिइएको इपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
ज्वरो आउने,अत्याधिक टाउको र शरीरको मांशपेशीदुख्नु, शरीरमा साना खटिरा आउने,वाकवाकलाग्ने÷बान्ताहुने, आँखाको गेडी दुख्ने, खानामाअरुचि,ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुनेआदि डेंगुकालक्षणहुन् ।
डेंगु फैलाउने लामखुट्टेविहान, दिउँसो र साँझपख,बढी संक्रियहुने भएकोले संक्रमितहुने सम्भावनापनि सोहि समयमा बढी हुन्छ । यस समयमालामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुचिकित्सकको सुझाव छ । सामान्यतदशै तिहार ताका र मनसुन सकेपछि छिटफुट देखा पर्ने डेंगु संक्रमण यो वर्ष नियमितभन्दा धेरै अगाडि नै देखा परेको छ ।एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सरुवा रोगभएका कारण पनित्रास बढेको छ ।


प्रतिक्रिया