Breaking

कहाँबाट आयो चोलेन्द्रलाई यतिका बल ? सांसदलाई नै धम्की दिने शक्तिको भित्रि पाटो के ?


काठमाडौँ — महाअभियोग सिफारिस समितिले लिएको बयानमा निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा नै हावी देखिएका छन् । बयान लिन उपस्थित सांसदहरुलाई नै राणाले खरो प्रतिप्रश्न गरेपछि बयान कार्य प्रभावित बनेको छ । आखिर राणामा यो तहको आत्मविश्वास कसरी विकास भयो ? महाअभियोग सिफारिस समितिले लिएको बयानको क्रममा पूर्व अनुमानित भन्दा फरक किसिमले प्रस्तुत भएका निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाले आरोपहरुको विस्कुन नै फिजाएका छन । ललिता निवास प्रकरणको पेशी तोकेका कारण महाअभियोग ल्याईएको आरोप लगाएका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बाहेक सवैको खेदो नै खनेका छन ।

न्यायधीस नै मातेर लड्ने गरेको, पैसाको वार्गेनिङ गर्ने गरेको, आफू अनुकुलको मुद्धा मात्र हेर्ने गरेको जस्तो आरोपले न्यायलयको अवस्था उदाङ्गो पारेका उनले राजनीतिक नेतृत्व माथि पनि प्रश्न उठाउन छाडेनन् । हो वा होईन भन्ने प्रश्न र उठेको विषयमा तत्थ्यगत वयान दिने अवस्था सिर्जना गर्न नसकेका समिति सदस्य उपर उनी निकै रवाफिलो रुपमा प्रस्तुत भएका थिए । आफू केवल नितिगत रुपमा चल्न खोज्दा महाअभियोगको शिकार खेप्नु परेको प्रमाणित गर्न लागि परेका उनले बयान दिने अवसर आफ्ना लागि प्रष्ट पार्ने अवसरका रुपमा भरपुर समयको उपयोग गरेका छन ।

विगतमा महाअभियोग आरोप लागेकाहरु भएपनि वयानको अवसर नपाएको अवस्थामा राणालाई भने त्यो अवसर प्राप्त भएको छ । जहाँ उनी आफू टाउको फुटे मितको टाउको वेल सरी भन्ने उखानलाई चरितार्थ गरिरहेका छन । न्यायभित्र देखिएको वेथिति र अनियमितताको तार कतै न कतै अरुमा पनि र स्वयम राजनीतिक नेतृत्वमा पनि जोडिएको चर्चाका वीच राणा त्यहि प्रमाणित गर्न खोजिरहेका छन । आफूलाई न्याय दिन माग गरिरहेका उनले एक जनालाई डाम्ने र अरु त्यसैको छायामा मोज गर्ने प्रवृत्ती विरुद्ध धावा वोलेका छन । जसले आफ्ना आरोपलाई कमजोर पार्ने उनको विश्वास छ ।

आम निराशाको अवस्थामा खेलेर भोट आफ्नो पक्षमा पार्ने नेताहरको विगतको रणनिति झै राणाले पनि अहिले सहानुभूतीमा खेलिरहेका छन । आफू दोषी होईन भन्ने प्रमाणित गर्ने भन्दा अरु चाँहि किन होईनन् भन्न लागि परेका उनी महाअभियोग प्रमाणित नहुनेमा विश्वस्त देखिएका छन । जसमा प्रमाणमा कमजोर देखिएको समिति र प्रश्नमा कमजोर देखिएका सदस्यहरुको अवस्थाले पनि मलजल गरेको छ ।

त्यस्तै ओलीको प्रशंसा गरेका उनी कहिँकतै एमालेप्रति कृतज्ञता व्यक्त गरिरहेका छन । एमालेको सहयोग विना महाअभियोग पास नहुने अहिलेको अवस्थामा एमालेकै दोहोरो चरित्रले उनलाई थप बल पुगेको छ । समय अभाव र वयानमै देखिएको ढिलासुस्ती लगायतका कारण आफू जोगिने बुझेका उनी कम्तिमा आम सर्वसाधारणमा विकास भएको आफूप्रतिको नकारात्मक कम गर्ने प्रयासमा छन । जसमा एमालेले पनि मलजल गरिहेको छ । राणाले दिएका जवाफबाट आफू दंग भएको एमाले नेताको भनाईले समेत यसलाई पुष्टि गरेको छ । राणाका आरोपले आफू विगतका आरोपमा वल पुग्ने देखिएपछि खुसी देखिएका उनीहरु राणामाथिको महाअभियोग दुराषाययुक्त भएको बताएका छन ।

राणा कति दोषी वा उनीमाथिको महाअभियोग कति औचित्यपूर्ण त्यसको टुङगो समितले लगाउनै छ । तर यसमा समेत राजनीतिक दाउपेचको खेलले राणाले खेल्ने अवसर पाएका छन । उनले लगाएका आरोप सत्य नजिक रहे पनि यहि आरोपकै भरमा उनी मुक्त हुन सक्ने अवस्था छैन । उनले आरोपित गरेका सवै कठघरामा आउनुपर्नेमा दुई मत नभएपनि कतै राजनीतिक दाउपेचमा उनी पनि र अरु पनि बच्ने विगतकै ईतिहास त दोहोरिने हैन भन्ने प्रश्न अहिले खडा भएको छ ।