Breaking

देउवालाई घुर्की लगाउदै प्रचण्ड–माधव, उपेन्द्र यादवले गठबन्धन छोड्दै, फाइदा उठाउने दाउमा एमाले


काठमाडौँ — घटकहरुका आ–आफ्नै अडानका कारण सत्ता गठबन्धनमा सिट वाडफाडको विषय पेचिलो बन्दै गएको छ । भागवन्डा मिलाउन शिर्ष नेतृत्वको बैठक निरन्तर भइरहेपनि सिट बाँडफाँट र मोडालिटीको विषयमा शीर्ष तहमा नै असहमति देखिएको छ । यद्यपी नेताहरु भने वाँडफाडको विषय सहमती नजिक पुगको भन्न भने छाडेका छैनन् । एक रिपोट
निर्वाचनको बढ्दो निकटताका कारण सिट वाँडफाड टुङ्गाउन लागि परेका सत्ता घटक दलका शिर्ष नेतृत्वको दैनिकजसो बैठक बसिरहेको छ ।

मोडालिटि र भागवन्डा आजैको वैठकबाट मिलाउने बताउने उनीहरुका भेटघाट भने विना निष्कर्ष टुङिगने गरेको छ । सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएपछि निकास ननिस्किएको हो । गठबन्धनले बनाएको कार्यदलको पटक पटकको बैठकमा सहमती कायम हुन नसकेपनि अहिले यो विषय शीर्ष तहमा पुगेको थियो । बैठकमा कांग्रेस शीर्ष नेताबाटै चुनावी तालमेल गर्दा आपूmहरूले १ सय सिट पाउनुपर्ने दाबी पेस गर्दै आएका छन भने माओवादी केन्द्रले ६० सिटको यसअघिको अडान दोहो¥याएको छ ।

यसैगरी, शीर्ष तहको बैठकमा नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दाबी पेस गर्दै आएका छन । दलहरुको सिटको रस्साकस्समा मात्र नभई सिट बाँडफाँट गर्दा कुन आधारमा गर्ने भन्नेमा समेत अलमलकै अवस्थामा छन । कांग्रेसले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताउँदै आएको छ भने अन्य दलले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई आधार बनाउनुपर्ने अडान राख्दै आएकाका कारण यो विषयमा सहमती जुट्न सकेको छैन । भने यहि कारण अघिको बाटो पनि फुक्न सकेको छैन । यो अडानले कहि नपुग्ने अवस्था सिर्जना भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले नै आफ्नो भूमिका बढाएका छन ।

सबै घटक दल लचक हुनुको विकल्प नभएको बताउने उनले गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन नेताहरूलाई निर्देशन नै दिएका छन । त्यस्तै कार्यदलका संयोजक कृष्ण सिटौला, महामन्त्री गगन थापा र मन्त्री ज्ञानेन्द्र कार्कीलाई गठबन्धन नटुट्ने गरी गृहकार्य गर्न निर्देशन दिएका देउवाले सबैलाई सम्मान हुने गरी सिट मिलाउन भनेका छन ।

भाद्र ३ र ४ गते समानुपातिकको बन्द सुची बुझाउनु पर्ने बाध्यता रहँदा सिट वाँडफाड जसरी पनि टुङग्याउनुपर्ने दवाव दलहरुमा छ । प्रत्यक्षतर्फ समेट्न नसकिएका नेताहरुलाई समानुपातिक तर्फ समेट्ने तयारीका वीच अन्य घटक दलहरु भने अड्को थापेका बसिरहेका छन । गठबन्धनभित्रै मिनि गठबन्धन बनाएर पुष्पकमल दाहाल प्रचण्डले वार्गेनिङ पावर बढाएपछि कांग्रेस नै अलि लचक हुनुपर्ने दवाव बढिरहेको छ ।

त्यस्तै एमालेबाट पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरुको माओवादी केन्द्रसंग ५० –५० को सहमती हुनसक्ने अभिव्यक्ती आउनुले पनि प्रचण्ड माधवलाई अझ हौसाएको छ । तर सय सिट भन्दा कम भए र प्रत्येक निर्वाचन क्षेत्रमा कांग्रेसको उम्मेद्धार नभए पार्टी भित्र विद्रोह हुने डरमा कांग्रेस देखिएको छ । जुन नेतृत्वले रोक्न नसक्ने शेखर कोईराला लगायत नेताहरुको भनाई सार्वजनिक भईरहँदा जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी बचाउन गठबन्धनबाट बाहिरिने सोच बनाएको भन्दै घुर्काउन थालेका छन । उनले बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमै आफ्नो पार्टीले एक्लै लड्दा पनि नौ सिट जित्ने भएकाले गठबन्धनको धेरै आवश्यकता नपर्नेमा बताएको खबर बाहिरिएको छ । यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफ्नो पार्टीलाई उब्रिएको भाग दिने कुरा स्वीकार्य नहुने बताईसकेका छन ।

यो रस्साकस्सीले सिट भागवन्डाको विषय यति सजिलै निष्कर्षमा पुग्ने देखिदैन । जसले को पछि सर्ने र को वलियो भन्ने विषय पेचिलो बनेको छ भने माओवादी पनि हात नफुत्काउने र आफुलाई पनि शुभलाभ हुने बाटो रोज्नु कांग्रेसका लागि संकटको विषय बनेको छ ।

जसले वाडफाडको विषय जति निर्वाचनको सम्मुखतर्फ जान्छ उति आफूलाई फाईदाजनक हुने उसको बुझाई छ । तर यो सुस्तता आफ्नो विकल्प अन्त्यको बाटो बन्ने देखेका सत्ता घटकहरु भने हतारो गरिहेको छन । यो परिस्थितीमा हातमा चावी वोकेको कांग्रेस के गर्ला र अन्य घटकले कस्तो रणनिति अपनाउलान त्यो भने हेर्न बाँकि छ ।