काठमाडौँ — आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको १३ दिन वितेको छ । १३ औं दिनको पुण्यतिथिमा देशैभर विभिन्न कार्यक्रम गरिर उनको सम्झाना गरिएको छ । नेपाली कांग्रेसका नेता स्व.प्रदीप गिरिको १३ औं पुण्यतिथिमा देशैभर विभिन्न कार्यक्रम गरिएको छ । कांग्रेसले स्व.गिरिको सम्झनामा बिहीबार साँझ देशैभर दीप प्रज्वलन गरेको थियो । साथै, राजधानीस्थित राष्ट्रिय सभागृहमा पार्टीको केन्द्रय कार्यसमितिले पनि स्व.गिरिको स्मृतिमा शोक सभाको आयोजना गरेको छ ।
पद लोलुपताबाट टाढा नै रहेका स्व.गिरिको सिद्धान्त र विचारलाई सम्मान गर्ने नेता हाल कांग्रेसवृत्तमा गौण देखिन्छ । निष्ठाको राजनीतिको पर्याय प्रदिपबाट पछिल्लो पुस्ताका नेताहरुले अनुग्रहित बन्न सकेका छैनन् । पद र शक्तिको दौडमा रहेका उनीहरु आगामी संघीय निर्वाचनमा एक क्षेत्रबाट आधा दर्जनभन्दा बढी नेता प्रस्तावित भइरहेका छन् । यस्तो अवस्थामा स्व.गिरिलाई अनुशरण गर्नु पर्छ भन्दै शोक सभामा सामेल भएका नेताहरु महसुस गर्छन् ।
आफूलाई स्व.गिरिको चेलोको रुपमा परिचित गर्न रुचाउने महामन्त्री गगन थापा कुनै तिथि वा मितिमा गिरिलाई सम्झेर मात्रै उनीमाथि न्याय नहुने बताउ छन् । उनको जिवन, दर्शन, मूल्य र मान्यतालाई आत्मसात गर्ने हो भने पूर्ण श्रद्धाञ्जली यही नै हुने छ । कांग्रेसको राजनीतिमा अहिले आदर्शले भन्दा व्यवहारिकताले बढी स्थान पाइरहेको छ । कांग्रेस र कम्युनिस्टलाई बहुदलीय प्रजातन्त्र मानिसकेपछि एक ठाउँमा ल्याएर उभ्याउन सकिन्छ भन्ने सैद्धान्तिक धार ल्याउनेमा गिरि नै थिए ।
गिरिलाई काँग्रेसका स्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासँग दाजेर हेर्नेहरु पनि धेरै छन् । कुनै पनि पदको लोभलालच नभएका नेताहरु कमै हुन्छन् । जसमा अपवादवका रुपमा चिनिने छन्, गिरि । स्व. गिरीप्रति पुन भावपूर्ण श्रद्धासुमन ।


प्रतिक्रिया