देश

केएल टावरमा भएको घटनामा हाम्रो संलग्नता छैन: महाप्रबन्धक रमेश कक्षपति


काठमाडौँ — काठमाडौंको चुच्चेपाटी केएल टावरस्थित हाईभ लञ्जमा भएको घटनामा केएल टावरको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि संलग्नता नरहेको व्यवस्थापन समितिका महाप्रबन्धक रमेश कक्षपतिले बताएका छन् । भदौ ११ गते शनिवार मध्यरातमा मापसे गरेर हाईभ लञ्जमा प्रवेश गरेका सुमन लामाद्वारा ग्राहकलाई दुर्व्याहार भएको बताईएको थियो ।

दुर्व्याहारको आरोप पश्चात रिसले चुर भएर बाहिर निस्किएका लामा केही समय पछि ६/ ७ जना साथी सहित धारीलो हातहतियार बोकेर पुन हाईभ लञ्चमा प्रवेश गरेका थिए । मादक पदार्थ पिएर होसहावसमा नभएका उनलाई प्रहरीको जिम्मा लगाईको छ । अहिले लामा प्रहरी हिरासत गौशालामा छन् । लामालाई प्रहरीले पक्राउ गरे पश्चात यस विषयमा केएल टावरका व्यावसायिकले आवाज उठाउदै आएका छन् ।

तर उक्त घटनामा केएल टावर व्यबस्थापनका महाप्रवन्धक रमेश कक्षपतिले प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि संलग्नता नरहेको बताउछन् । भदौ ११ गते शनिवार मध्य रातमा भएको घटनामा दुई पक्ष विच भएको झडपलाई कानुन बमोजिम अगाडी बढ्नमा व्यवस्थापनले समेत पूर्ण सहयोग गर्ने बताईएको छ ।