काठमाडौँ — दोस्रो दिन पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शैली उस्तै रह्यो । आफू उपर लागेको महाभियोगको जवाफ दिने क्रममा संसदको महाभियोग सिफारिस समितिमा बिहीबार उपस्थित भएका जबराले आफूमाथि पूर्वाग्रही ढंगले महाभियोग आएको जिकिर गरे । समिति र नेपाल बार एशोसियसनमाथि प्रश्न उठाए । आफू जवाफदेही बन्नतिर लागेनन् ।
‘न्याय सम्पादनमा अवरोध गरिस् मात्रै भनेर महाभियोगसम्बन्धी ऐनको व्यवस्था पुष्टि हुन्छ र यो एकदमै अनुचित र पूर्वाग्रही हो, जबराले भने, बरु महाभियोग साथै पुष्टि हुने प्रमाण पठाएको भए हुने । त्यसैले यो नेपाल बारले मेरो विरुद्धमा पठाएको २१ बुँदेभन्दा केही फरक छैन, क को का पनि छैन । उनले उल्टै प्रश्न उठाए, यो कस्तो प्रकारको महाभियोगपत्र हो के यसले नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई साथ दियो त उनले ठोस प्रश्नहरु सोध्नुसाटो सैद्धान्तिक कुरामै महाभियोग सिफारिस समिति अल्झेको कटाक्ष गरे ।


प्रतिक्रिया