देश

कोका–कोला जेरो सुगर ग्लास बोतलमा


काठमाडौँ — कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि(रिटर्नेबल ग्लास बोतल)बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो । फेरी प्रयोग गर्न मिल्ने भएकोले यीआरजिबि बोतलहरु बातावरण–मैत्री त छन नै, यसको ग्लास प्याकेजिङले कोका–कोलालार्इ लामो समयसम्म रेफ्रेश बनाई रक्छ । कोका–कोला जेरो सुगर आरजिबी बोतल काठमाडौँका विभिन्न किरानापसल र खाजा घरहरुमा ४० रुपैँयामा २५० मि.लि.को ग्लास बोतलमा उपलब्ध छ ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीज्यूले भन्नुभयो,“हामी हाम्रा उपभोक्ताहरुको लागि हरेक परिस्थितीहरुमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरु माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइहो ।

कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो । स्थानीयउपभोक्ताहरुसँग आफ्नो सम्बन्धअझै नजिकबनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका–कोलाले निरन्तर रुपमाउनीहरुको जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादनहरु बजारमा ल्याउँदै आइरहेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक श्री प्रदिप पाण्डेलेज्युले भन्नुभयो, “कोका–कोला जेरो सुगरको आरजिबिप्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेश्मेन्टको किफायती विकल्प हो । क्यालोरी बिना रिफ्रेश्मेन्ट लिनचाहने उपभोक्ताहरुको लागि अत्यन्तै उपयुक्त यो प्याक पुनप्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ ।”कोका–कोला जेरो सुगरको नयाँँ आरजिबिप्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमाउपलब्ध रहेको छ ।