Breaking

निलम्बित राणा र विश्वकर्माबीच ललिता निवासको मुद्दालाई लिएर रोचक सवाल जवाफ


काठमाडौँ — बयानका लागि दोस्रो दिन महाअभियोग सिफारिस समितिमा उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माबीच ललिता निवासको मुद्दालाई लिएर रोचक सवाल जवाफ भएको छ ।

आफ्नो बचाउ गर्ने क्रममा जबराले ललिता निवास जग्गा प्रकरणमा फैसला गर्ने दिन तोकेपछि महाअभियोग दर्ता भएको बताएका थिए । बिहीबार पनि उनले महाअभियोग प्रस्तावको कुनै अर्थ नरहेको दाबी गरेपछि कांग्रेस सांसद विश्वकर्माले जबरामाथि प्रश्न उठाए । पटकपटक पेशी तोक्ने र हेर्न नमिल्ने भनेर सार्ने गरेर जबराले बार्गेनिङ गरेको उनको आरोप छ । जबराले भने त्यसको खण्डन गरेका छन् ।