Breaking

हाँस्य कलाकार ‘सिते बा’ काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने


‘काठमाडौँ — सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक सिते बा काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन् । पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए । यो अभियानको संयोजक सुमन सायमि छन् । स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन् ।