काठमाडौँ – नेपाली राजनीतिमा यतिबेलाको सबैभन्दा ठूलो विवाद हो, नागरिकता विधेयकको । नागरिकता जस्तो गम्भीर विषय थप जटिल बनेको छ । किनकि यो विवादमा राष्ट्रपति संस्थाको भूमिका र सक्रियता निरन्तर बढीरहेको छ । राजनीतिक दलसँगको भेटघाटदेखि शीतलनिवासको खटनपटनले के संकेत गरिरहेको छ त ?
गतबर्ष नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको भूमिकालाई राजा महाराजाको संज्ञा दिएका थिए । अझ भनौं, राष्ट्रपतिबाट भइरहेका हर्कतले राजाको सान सम्झिएरअपमानदाबी गरेका थिए ।राष्ट्रपतिभन्दा राजानै ठिक भनेका थिए ।
त्यसयता प्रचण्ड र शीतलनिवासबीचको सम्बन्धमा निरन्तर दरारपूर्ण छ । पछिल्लोपटक नागरिकता विधेयकमा प्रचण्डले खेलेको भूमिकालाई लिएर शीतलनिवास सबैभन्दा बढ्ता असन्तुष्ट छ । किनकि नागरिकताका सवालमा प्रधानमन्त्री देउवाभन्दा बढी हानिकारक प्रचण्ड हुन भन्ने अर्थमा शीतलनिवासभित्र कुरा चलिरहेको छ । यद्यपी दलहरुलाई सम्झाएर, बुझाएर नागरिकताको विषयलाई पार लगाउन खोजेकी राष्ट्रपतिले बुधबार प्रचण्डलाई शीतलनिवासमै बोलाएर छलफल गरेकी छन् । सोमबार प्रमुख प्रतिपक्ष एमाले र सत्ताको नेतृत्वकर्ता काँग्रेससँग छलफल गरेपछि बुधबार मात्रै माओवादीको पालो आएको हो ।
एमालेकै तजबिजमा राष्ट्रपति पक्षपाती बनेको आरोप लगाएर माओवादीले गठबन्धन स्थापित गरेको हो । एमालेले उचालेकै कारण राष्ट्रपतिले राजनीतिक हस्तक्षेप बढाएको आरोप त अहिले पनि गठबन्धनले मुख्य मुद्दा बनाइरहेको छ । तर अब राष्ट्रपतिले एमाले उचाल्न थालेको विषय बाहिरीएपछि आरोपकोश्रृंखला र सक्रियतालाई नयाँ रुप दिन खोजिएको हो । सोमबार एमाले नेताहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षको जस्तो भूमिका नभएको भन्दै खरो बन्न सुझाव दिएकी थिइन् । तर राष्ट्रपतिसँग प्रधानमन्त्री देउवासहितका काँग्रेस नेताहरुले नागरिकता विधेयकमा पुनर्विचारको संकेत दिएपछि शीतलनिवासले यसलाई सकारात्मक लिएको छ ।
योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी :


प्रतिक्रिया