Breaking

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सुरु


काठमाडौँ — सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा केहीबेर अघि कार्यदलको बैठक सुरु भएको हो ।

कार्यदल बस्नुअघि सत्तारुढ पाँच दलका शीर्ष नेताबीच छलफल भएको थियो। शीर्ष नेताहरुको छलफल सकिए लगत्तै कार्यदलको बैठक सुरु भएको हो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ ।

अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो ।