Breaking

प्रदीप गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिँदै


काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गरी ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै नेता गिरिप्रति श्रद्धाञ्जलि अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलिको कार्यक्रम राखिएको उनले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल ९ललितपुर० मा यही भदौ ४ गते निधन भएको थियो । भदौ ५ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो ।

सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मिएका गिरि चारपटक सांसद बनेका थिए । उनी पछिल्लोपटक २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचन भएका थिए। अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनी समाजवादी चिन्तक थिए ।