Breaking

आखिर चोलेन्द्रले कसरी थर्काए सांसद ? राणा र सांसदको प्रश्नोत्तरको पुर्ण अंश यस्तो छ (भिडियोसहित)


काठमाडौँ — निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा महाभियोग सिफारिस समिति समक्ष खरो रुपमा प्रस्तुतभएका छन । वयानका क्रममा समिति सदस्यहरुलाई आछु-आछु पारेकाउनले महाअभियोगको औचित्यमाथि नै प्रश्न उठाएका छन ।

बुधबार सिंहदरवार स्थित कानुन, न्यायतथामानवअधिकार समितिको बैठक हलको प्राङगणमा दशबजेबाटै सन्चारकर्मीहरुको चहलपहलथियो । नहोस पनिकिन? बर्षौ न्यायनिसाफमा विताएका निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमसेर राणा आफै आज यहाँ प्रश्नको कठघरामा उभिनेवाला थिए । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएका राणा निर्धारित समय अर्थात ११ बजे नै सिंहदरबार पुगेका थिए । राणासंग बयानलिने पूर्वनिर्धारित कार्यक्रम अनुसार समितिले ४३ ओटा प्रश्न तयारी राखेको थियो । निर्धारित समयभन्दा डेढ घण्टा पछि समितिले राणालाई हलमावोलायो । साढे १२ बजे संसद सचिवालयका मर्यादा पालकहरुको सुरक्षा घेराबाटहलभित्र छिरेका राणाको रवाफभने हेर्नलायक थियो ।

समितिको बैठकमा जबरा उपस्थितभएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाएसंगै समिति सदस्यहरुले बयानको क्रम सुरु गरे । तर सुरुमै राणाले दह्रो जवाफ दिए–महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्रै उपस्थिति भएको हुँ । महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली समेत पालनानगरेको टिप्पणी गरेका उनले आफूमाथि मिडिया र राजनीतिकदलले पूर्वाग्रह राखेको आरोप समेत लगाए । समिति सदस्यहरुको प्रश्नजवाफभन्दा खरो प्रतिप्रश्न गरेका राणाले महाअभियोग आफैले बनाएको सरकाले ल्याएकोमा नराम्रो पनिमाने । बरु एमालेले महाअभियोग ल्याउन सक्ने तर्क गरेका उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सम्बन्धी परमादेशका लागि केही न्यायाधीशहरूलाई आश्वासनदिइएको आरोप लगाए । २०७८ असार २८ गते भएको फैसलाकोे पृष्ठभूमिमाथि नै गम्भीर प्रश्नसमेत गरेका उनले ‘दण्डित भएअरु न्यायधीसलाई चाँहिकिन छुट भन्दै जंगिए । उनले आफू माथि मात्र महाअभियोग प्रस्तावकिन ?’ भन्दै प्रतिप्रश्न गरे । अरुलाई कानुनको कठघरामा उभ्याउने उनीआफै कठघरामा उभिदा यति खरोरुपमा प्रस्तुतभए कि समित सदस्य मीनविश्वकर्माले सीमाबाहिर गएर बोल्न खोजेको आरोप नै लगाएका छन् ।