Breaking

प्रेममा वियोगपछि पनि सफलता कसरी प्राप्त हुन्छ ? (भिडियोसहित)

भागवतबाचिका राधिका दासी


काठमाडौँ – आज मानिस जुन एकता, विकास र समृद्धि खोज्दै युद्ध, क्रान्ति, राजनीति या अनुसन्धानमा लागेको छ, ती सबै प्राप्तिको लक्ष्य भने प्रेम नै हो। किनकि सबै चिज प्राप्त गरेर व्यक्ति प्रेममा बाँच्न चाहन्छ ।

आजसम्म मानिस शरीरको लतमा प्रेम खोज्दै हिँड्यो त्यसैले जीवनमा जे पनि प्राप्त गर्यो अपूर्णता नै महसुस गर्दै आइरहेको छ । प्रेम कसैबाट प्राप्त गर्ने र आफ्नालाई मात्र दिने चिज भन्ठान्यो । प्रेम त व्यक्तिभित्रको आन्तरिक स्वभाव हो जसलाई कारणबस दिने चिज होइन भन्ने बुझेन मानिसले । प्रेम छ भने सबैमा हुन्छ, कसैलाई प्रेम र कसैलाई घृणा हुनै सक्दैन । प्रेम त सतत् प्रतिपल भइरहेछ । प्रकृतिका सारा सृष्टिप्रतिको प्रेम नै प्रेम हो । प्रेमका अनेक भाव र तरिका हुन्छन् तर यिनको कुनै सर्त हुँदैन, कुनै माग र अपेक्षा हुँदैन । करुणा, प्रसन्नता, परोपकार, दिने भावना अर्थात् आन्तरिक गुणवत्ता प्रेम हो, आन्तरिक पूर्णता प्रेम हो । प्रेमलाई जान्ने कुनै सूत्र हुँदैन । प्रेमलाई प्रयोग गरेर हेर्ने कुनै प्रयोगशाला छैन । प्रेम आफैंमा एक रहस्यमय प्रयोगशाला हो, जसलाई अनभूति मात्र गर्न सकिन्छ ।

अनुभूति र अनुभवको नाम नै प्रेम हो । सृष्टिको स्रोत नै प्रेम हो । प्रेमका कारण हामीले जीवन पाएका छौं । प्रेमविना यो जीवन सम्भव थिएन तर विडम्बना रहस्यलाई रहस्यकै रूपमा अनुभूति गर्न छाडेर परिभाषामा अल्झेका छौं हामी । हृदयको सुन्दैनौं, तर मष्तिस्कको इशारामा बढी चल्छौं । मष्तिस्कले कहिल्यै रहस्यलाई रहस्यका रूपमा रहन दिँदैन । कुनै पनि चिज, भाव या रहस्यलाई परिभाषामा नउतारीकन मन शान्त हुँदैन । तर कयौं चिज यस्ता छन्, जसलाई परिभाषामा बाँध्न र व्याख्यामा समेट्न सकिन्न । कुनै कविता, उपन्यास पढेर प्रेम जान्न सकिन्न । बरू प्रेमकै कारण कविता फुर्छन् र उपन्यास लेखिन्छन् । यसै सन्दर्भमा योहो टेलिभिजनको सत्य संवाद कार्यक्रम भागवतबाचिका राधिका दासीसँग गरिएको अन्तर्वार्ता :

राधिका दासीको जन्म मोरङको कानेपोखरी गाउँपालिकामा भएको हो, पण्डितको घरमा। दोस्रो सन्तानका जन्मिएकी उनको पढाइ भने काठमाडौँमा भयो।