Breaking

जबरासँग आज पनि बयान लिइँदै


काठमाडौँ — प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई पाँच प्रश्न सोधिएको थियो ।

 समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । तीमध्ये हिजो पाँच प्रश्नमा सवाल–जवाफ गरिएको छ । सवाल–जवाफका क्रममा सुरुमै जबराले दह्रो जवाफ दिए – महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्रै उपस्थिति भएको हुँ । महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली समेत पालना नगरेको टिप्पणी गरेका उनले आफूमाथि मिडिया र राजनीतिक दलले पूर्वाग्रह राखेको आरोप समेत लगाए ।

समिति सदस्यहरुको प्रश्न जवाफ भन्दा खरो प्रतिप्रश्न गरेका राणाले महाअभियोग आफैले बनाएको सरकाले ल्याएकोमा नराम्रो पनि माने । बरु एमालेले महाअभियोग ल्याउनसक्ने तर्क गरेका उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्बन्धी परमादेशका लागि केही न्यायाधीशहरूलाई आश्वासन दिइएको आरोप लगाए । २०७८ असार २८ गते भएकोफैसलाकोे पृष्ठभूमिमाथि नै गम्भीर प्रश्नसमेत गरेका उनले ‘दण्डित भए अरु न्यायधीसलाई चाँहि किन छुट भन्दै जंगिए । उनले आफूमाथि मात्र महाअभियोग प्रस्ताव किन?’भन्दै प्रतिप्रश्न गरे । अरुलाई कानुनको कठघरामा उभ्याउने उनी आफै कठघरामा उभिदा यति खरोरुपमा प्रस्तुत भए कि समित सदस्य मीन विश्वकर्माले सीमा बाहिर गएर बोल्न खोजेको आरोप नै लगाएका छन् ।

नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र तत्कालीन महासचिव लीलामणि पौडेलले उच्च अदालतमा न्यायाधीशको भाग मागेको र त्यो स्वार्थ पूरा नहुँदा आफूबिरुद्ध आन्दोलन चर्काएको राणाको दावी थियो । निकै आत्मविश्वासका साथ प्रस्तुत भएका राणाको रवाफ महाअभियोग लागेको निलम्बित प्रधानन्यायधीको जस्तो थिएन । बरु राणाले आफूमाथि महाभियोग ल्याइनुको मुख्य कारण मध्ये एक ललिता निवास प्रकरणमा फैसलाको मिति तोक्नु भएको पनिदावी गरे ।

सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई जोगाउन आफूविरुद्ध महाअभियोग लगाइएको दाबी गरेका राणाले महाअभियोग लगाउनुको चित्तबुझ्दो जवाफ नआएको बताए । अरुलाई कानुनको कठघरामा उभ्याउने उनी आफै कठघरामा उभिदा यति खरोरुपमा प्रस्तुत भए कि उनले
यसैपनि घाईते वाघका रुपमा राणा सर्बोच्च अदालत फर्किए पूर्व प्रधानमन्त्री र शिर्षस्थ नेता नै संकटमा पर्ने विश्लेषणका वीच बयानका क्रममा उनको हाउवाउ र तर्कले दलहरुलाई झक्याएको छ ।

उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका छन् । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।