Breaking

माधव र बाबुरामलाई जेल हाल्न खोज्दा महाअभियोग लगाएको आरोप


काठमाडौँ — निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा महाभियोग सिफारिस समिति समक्ष खरो रुपमा प्रस्तुत भएका छन । वयानका क्रममा समिति सदस्यहरुलाई आछु आछु पारेका उनले महाअभियोगको औचित्य माथि नै प्रश्न उठाएका छन । बुधबार सिंहदरवार स्थित कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक हलको प्राङगणमा दशबजेबाटै सन्चारकर्मीहरुको चहलपहल थियो । नहोस पनि किन ?बर्षौ न्यायनिसाफमा विताएका निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमसेर राणा आफै आज यहाँ प्रश्नको कठघरामा उभिनेवाला थिए ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएका राणा निर्धारित समय अर्थात ११ बजे नै सिंहदरबार पुगेका थिए । राणासंग बयान लिने पूर्वनिर्धारित कार्यक्रम अनुसार समितिले ४३ ओटा प्रश्न तयारी राखेको थियो । निर्धारित समयभन्दा डेढ घण्टा पछि समितिले राणालाई हलमा वोलायो । साढे १२ बजे संसद सचिवालयका मर्यादापालकहरुको सुरक्षा घेराबाट हलभित्र छिरेका राणाको रवाफ भने हेर्नलायक थियो ।

समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाएसंगै समिति सदस्यहरुले बयानको क्रम सुरु गरे । तर सुरुमै राणाले दह्रो जवाफ दिए–महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्रै उपस्थिति भएको हुँ । महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली समेत पालना नगरेको टिप्पणी गरेका उनले आफूमाथि मिडिया र राजनीतिक दलले पूर्वाग्रह राखेको आरोप समेत लगाए ।

समिति सदस्यहरुको प्रश्न जवाफ भन्दा खरो प्रतिप्रश्न गरेका राणाले महाअभियोग आफैले बनाएको सरकाले ल्याएकोमा नराम्रो पनि माने । बरु एमालेले महाअभियोग ल्याउनसक्ने तर्क गरेका उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्बन्धी परमादेशका लागि केही न्यायाधीशहरूलाई आश्वासन दिइएको आरोप लगाए । २०७८ असार २८ गते भएकोफैसलाकोे पृष्ठभूमिमाथि नै गम्भीर प्रश्नसमेत गरेका उनले ‘दण्डित भए अरु न्यायधीसलाई चाँहि किन छुट भन्दै जंगिए । उनले आफूमाथि मात्र महाअभियोग प्रस्ताव किन?’भन्दै प्रतिप्रश्न गरे । अरुलाई कानुनको कठघरामा उभ्याउने उनी आफै कठघरामा उभिदा यति खरोरुपमा प्रस्तुत भए कि समित सदस्य मीन विश्वकर्माले सीमा बाहिर गएर बोल्न खोजेको आरोप नै लगाएका छन् ।

नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र तत्कालीन महासचिव लीलामणि पौडेलले उच्च अदालतमा न्यायाधीशको भाग मागेको र त्यो स्वार्थ पूरा नहुँदा आफूबिरुद्ध आन्दोलन चर्काएको राणाको दावी थियो । निकै आत्मविश्वासका साथ प्रस्तुत भएका राणाको रवाफ महाअभियोग लागेको निलम्बित प्रधानन्यायधीको जस्तो थिएन । बरु राणाले आफूमाथि महाभियोग ल्याइनुको मुख्य कारण मध्ये एक ललिता निवास प्रकरणमा फैसलाको मिति तोक्नु भएको पनिदावी गरे ।

सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई जोगाउन आफूविरुद्ध महाअभियोग लगाइएको दाबी गरेका राणाले महाअभियोग लगाउनुको चित्तबुझ्दो जवाफ नआएको बताए । अरुलाई कानुनको कठघरामा उभ्याउने उनी आफै कठघरामा उभिदा यति खरोरुपमा प्रस्तुत भए कि उनले
यसैपनि घाईते वाघका रुपमा राणा सर्बोच्च अदालत फर्किए पूर्व प्रधानमन्त्री र शिर्षस्थ नेता नै संकटमा पर्ने विश्लेषणका वीच बयानका क्रममा उनको हाउवाउ र तर्कले दलहरुलाई झक्याएको छ ।

जसले सत्ता पक्षलाई महाअभियोग पास गर्ने दवाव अझ बढेको छ । अर्कातर्फ आज ५ ओटामात्र प्रश्न सोधिएको र वयान केहि दिन लम्किने देखिदाँ प्रश्नोउत्तर अझ रोचक हुदै जाने देखिन्छ । यसले समिति सदस्यका प्रश्न बढ्दै जाँदा उनहरुकै नेतृत्वको भेद अझ खुल्ने प्रष्ट छ । तर यो अवधीमा राणाले क–कसको पोल कसरी खोल्छन र आफ्नो प्रतिरक्षा कसरी गर्छन त्यो भने भोलीका दिनमा थाहा हुने छ ।