Breaking

कुलमानलाई प्रचण्डले माओवादी बनाए, बालेनभन्दा चर्काे ‘सेन्टीमेन्ट’मा निर्वाचन जित्ने,गोली थापेका बेपत्ता


काठमाडौँ — नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउने विषय सतहमा आएको छ । यसले शहरकेन्द्रीत क्षेत्रमा माओवादीको हैसियत बढ्ने नेताहरु बताइरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि गाह्रो, सारो, अफ्ठ्यारो छ । देशको राजधानीमै माओवादीलाई पत्याउन सक्ने अनुहार पार्टीमा नभएपछि उनी काठमाडौंका मेयर बालेन शाहको भन्दा चर्काे सेन्टीमेन्ट भएको मानिस खोजिरहेका छन् ।

कुलमान घिसिङ माओवादी हुन् भनेर प्रचण्डले स्थानीय तहको निर्वाचनमै चिनाएका थिए । एकातर्फ आफ्नो, अर्काेतर्फ जनार्दन शर्मा र छेउमै कुलमान घिसिङसहितको फोटो सार्वजनिक गर्दै चुनावी प्रचारमा जुटेपछि उनको चर्काे सेन्टीमेन्ट त्यतिबेलै देखिएको थियो । व्यापाक विरोध भएपछि कुलमानले स्पष्टीकरण दिनुप¥यो भने प्रचण्डले फोटोसमेत हटाउनु प¥यो । तर यतिबेला प्रचण्डले संकेत गरेको त्यो चर्काे सेन्टीमेन्टकुलमान नै रहेको साबित भएको छ ।

लोडसेटिङ अन्त्यको जस खाएर जनतामाझ लोकप्रिय कर्मचारीको छबी बनाएका कुलमानलाई अन्ततः प्रचण्डले माओवादी बनाएका हुन् ।अहिले काठमाडौंको क्षेत्र नम्बर तीनबाट कुलमानलाई उम्मेदवार बनाउने विषय सार्वजनिक भएपछि कुलमान र प्रचण्डबीचको त्यो अपुरो यात्राले अब सार्थकता पाउने देखिन्छ ।

माओवादी नेताहरुले उम्मेदवार नै बनाएर चुनावी तयारी चलाइरहँदा कुलमानले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । तर धेरै पार्टीहरुले अफर गरेको र आफु निर्णयमा नपुगेको बताएपछि कुलमानसमेत तयार रहेको संकेत मिलेको छ ।तर माओवादीको हैसियत र भूमिकामाथि भने प्रश्न उठिरहेको छ । २०६४ को निर्वाचनमा माओवादीले काठमाडौंका १० मध्ये ५ निर्वाचन क्षेत्रमा जित हात पारेको थियो ।

त्यसयता हरेक निर्वाचनमा मतविहिन बनेको माओवादीले गत निर्वाचनमा एमालेसँग तालमेल गर्दा पनि परिणाम ल्याउन सकेन । जहाँ जहाँ माओवादीले टिकट पायो त्यहाँ त्यहाँ काँग्रेसले जितेको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत माओवादीले काठमाडौंमा लज्जास्पद पहिचान बनाएको छ । तर काठमाडौंसहितका शहर केन्द्रीत क्षेत्रमा ६४ कै इतिहास फर्काउन चाहेपछि अहिले कुलमान र पूर्व मूख्यसचिव लिलामणि पौडेल जस्ता चलेका अनुहारलाई माओवादीले टेको बनाउन खोजेको हो ।

चर्काे सेन्टीमेन्टको खोजिमा रहेको माओवादीले जुनयुद्धका क्रममा गोली थापेका र गोली बोकेर हिडिरहेकाहरुलाई भने विर्सिएको छ । पार्टीमा बर्षाेदेखि योगदान पु¥याएका र प्रचण्डको छाता बनेकाहरु रमझमको लहरले ओतविहिन बन्दैछन् । यसलाई माओवादीले नेतृत्व गरेको जनयुद्ध र परिवर्तनको आन्दोलनका अन्य सबै पात्रलाई किनाराकृत गरिएको अर्थमा विश्लेषण भइरहेका छन् ।