देश

गुरुको विश्वव्यापी माटो जोगाऔँ अभियान-नेपालको ऐक्यबद्धता


काठमाडौँ — हस्ताक्षर हुने जागरूक धरतीसँग समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरी नेपालले समेत सद्गुरुको विश्वव्यापी माटो जोगाऔँ अभियानमा ऐक्यवद्धता जनाउने छन् । जागरूक धरतीअन्तर्गत माटो जोगाऔँ अभियान शुरुवात भएको थियो । हाल नेपालको लगभग ६० प्रतिशत माटोमा निकै कम जैविक पदार्थ रहेकोले यसलाई रोक्न र माटोको विनाशलाई उल्ट्याउन तत्काल ठोस कार्य गर्नु पर्ने आवश्यकता भएको छ ।

भाद्र १७ सेप्टेम्बर २० मा गोदावरी सनराइज सम्मेलन केन्द्रमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तथा वातावरण मन्त्रालयले सद्गुरु र ५,००० बढी मानिसहरूको उपस्थितिमा समझौता ज्ञापनपत्रमा हस्ताक्षर गर्नेछन् । माटो जोगाउनको लागि सद्गुरुलेगत मार्चमा थालनी गर्नु भएको उक्त विश्वव्यापी अभियानको उद्देश्य मरिरहेकको माटोप्रति विश्वको ध्यान आकर्षित गर्नु हो ।

हामीले खाने ९५५ खाना माटोबाट आउँछन् । माटो र मानव अस्तित्वबिचको अन्तर्निहित सम्बन्धमा जोड दिँदै सद्गुरुले भन्नुभएको छ— “माटो हाम्रो सम्पत्ति होइन, यो अघिल्लो पिँढीबाट हामीमा आएको विरासत हो, र हामीले जीवित माटोको रूपमा यो भावी पिँढीलाई हस्तान्तरण गर्नुपर्छ । सो अभियानले विश्वभरिका राष्ट्रहरूलाई नीतिहरूको माध्यमले कृषियोग्य माटोमा ३(६५ जैविक पदार्थकायम राख्न अपिल गरेको छ । माटोलाई उर्वर र उब्जाउयोग्य राख्न अनि यसलाई बालुवामा परिणत हुनबाट रोक्नको लागि माटोमा कम्तीमा ३-६५ जैविक पदार्थ हुनै पर्छ ।

जागरूक धरती र नेपाल सरकारबिचको समझौता ज्ञापन पत्रले नेपालको माटोलाई स्वस्थ र समृद्ध राख्नेतर्फ नीतिहरू निर्माण गर्नको लागि प्रतिबद्धताको रूपमा काम गर्नेछ । ई.एल.डी. (ELD) का अनुसार हाम्रो धरतीको ५२५ माटो विनाश भइसके को छ र उब्जाउको लागि अयोग्य भएको छ । खाद्य तथा कृषि सङ्गठन (FAO) को अनुमानअनुसार सन् २०५० सम्म जलवायुपरिवर्तन र माटोको विनाशले गर्दा केही निश्चित स्थानहरूमा अन्न उब्जनीमा ५०५ सम्म कमी आउन सक्छ ।

यस भयावह सङ्कटलाई तत्काल सम्बोधन गर्नु पर्ने आवश्यकता बुझेर सद्गुरुले गत मार्चमा यूरोप, मध्य एशिया, मध्यपूर्वी राष्ट्रहरू सहित २७ राष्ट्रहरू हुँदै १०० दिनमा ३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्रा गरी भारतमा समापन गर्नु भएको थियो । सद्गुरुद्वारा पूरा गरिएको यस ऐतिहासिक यात्रालेमाटो जोगाऔँ भन्ने सन्देशलाई ३.९१ अर्ब मानिसहरू माझ पुऱ्याएको थियो, जसमा नेपालबाट समेत उल्लेखनीय समर्थन प्राप्त भएको थियो ।

महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, मनिषा कोइराला, नबिल बैङ्कका पूर्व सि।ई।ओ। अनिल के शरी शाह, चर्चित सेफ सन्तोष शाह, गायिका इन्दिरा जोशी, क्रिक्रेटर पारस खड्का, एफ.एन.सि.सि.आई.की सभापति भवानी राणालगायत थुप्रैलेउक्त अभियानलाई भरपूर समर्थन गरी आवाज उठाएका थिए । सद्गुरुको यात्राबाट प्रेरित भई यम बहादुर पुन (नविक पुन मगर) ले सातवटै प्रदेश छुनेगरी ३,५०० किलोमिटर दौड-यात्रा सम्पन्न गर्नुभएको छ, ।

जसअन्तर्गत उहाँले स्थानीय संस्थाहरूद्वारा आयोजित जनचेतनामूलक कार्यक्रमहरूमा माटो जोगाउनुपर्ने आवश्यकताको विषयलाई सम्बोधन गर्नुभएको थियो । साथै, विश्व साइकल दिवसको अवसरमा ९०० भन्दा साइकल
यात्रीहरूले माटो जोगाऔँ सन्देश फैलाउन साइकल ऱ्याली गरेका थिए । बसन्तपुर दरवार क्षेत्रमा आयोजित साङ्गीतिक र
साँस्कृतिक कार्यक्रमले मानिसहरूमा सो अभियानको गहिरो छाप छोडेको छ ।

त्यसैगरी, माटो जोगाऔँ अभियानका स्वयंसेवकहरूले १०० भन्दा बढी स्कुल र कलेजहरूमा सफलतापूर्वक जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेका छन् । विश्वभरि, माटोलाई लोप हुनबाट जोगाउनको लागि ८० राष्ट्रहरूले सङ्कल्प गरिसकेका छन् भने भारतका ९ राज्यहरूले आफ्नो राज्यमा माटो जोगाउनको लागि समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरिसकेका छन् । कमनवेल्थका ५४ वटै राष्ट्रहरूले माटोसम्बन्धी नीति लागू गर्ने उद्घोष गरेका छन्, जसअन्तर्गत ९ राष्ट्रहरूले समझौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पर्यावरणसम्बन्धी कार्यहरूमा अग्रसर अन्तर्राष्ट्रिय सङ्गठनहरू जस्तै कि आ.यू.सि.एन.(IUCN), संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यू.एन.सि.सि.डी. . (UNCCD) डब्ल्यू एफ.पी. (WFP) तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी
गर्नअग्रसर भएका छन् ।