Breaking

झापा ५ बाट कलाकार कुमार कट्टेलले उम्मेदवारी दिने


काठमाडौँ — कलाकार कुमार कट्टेल (जिग्री ब्रो)ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो । कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए ।

‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन,’ उनले भने, ‘अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु । जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा ५ कै मतदाता हुन्