देश

शान्ति विद्यागृहको हीरक वार्षिकोत्सवको तयारी पूरा


काठमाडौँ — देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीनदिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्नकार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिनुभयो । शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो । विद्यालयको हीरक महोत्सव गत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको भण्डारीले बताउनु भयो । हीरक महोत्सव अन्तर्गत भदौ १६ गते प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्तिवितरण कार्यक्रम छ । १७गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मान मायाको चिनो र सम्मान गर्ने कार्यक्रम तय भएको छ । १८ गते शनिबर स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरु, पूर्व प्रधान अध्यापकहरु, संस्थापक शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिकाअध्यक्षहरु, कवि, एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ । १६ गतेको कार्यक्रममा शिक्षा विकास तथा समनवयइकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल, १७ गते त्रिभुवन विश्वविद्यालयका पूर्व उपलकुलपति शंकरराज पाठक र १९ गते पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान प्रमुख अतिथिकोरुपमा कार्यक्रममा सहभागी हुने विद्यालय व्यवस्थापनले जनाएको छ ।
शान्ति विद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेल स्थितभगवान बहालमाभाडाको घरमा सारियो । त्यहाँ करीब ३ वर्ष पठन पाठन चल्यो । त्यसपछि अहिले भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धर बताउनुहुन्छ ।
शान्ति विद्यागृहमा स्थापनाको दिनबिहान साढे ६ बजे जनकविकेशरी धर्मराज थापाबाट सरस्वती वन्दनावाचन गर्दै प्रथम कक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्को पाखा, पकनाजोल क्षेत्रकाकरिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्तिविद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्तिविद्यागृह कन्या प्राथमिक स्कुलपट्टि राखेर पढाइयो । २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो । अहिले विद्यालयमा पूर्वप्राथमिक‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमा अहिले ६ सय २ छात्र र ५ सय १८ छात्रा अध्ययन गरिहेका छन् । उनीहरूलाई पढाउन ७ जनाशिक्षक र ३२ जनाशिक्षिका छन् । पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनिहो । विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । यो विद्यालयबाट निस्केका विद्यार्थी देश÷विदेशका साथै विभिन्न क्षेत्रमा स्थापित भएका छन् । स्थापनादेखि २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरियो । २०४६ सालयताभने विद्यालय पूरै सरकारी अवधारणा अनुसार चल्दै आएको छ ।