काठमाडौँ — सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत, सानिमा मोबाइल बैंकिङबाट पहिलो पटक टपअप गर्ने ग्राहकहरूले १० प्रतिशत वा अधिकतम रु १ सयसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये सबैभन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरूले मोबाइल फोन जित्न सक्ने छन् । मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्ने छन् । यो योजना भदौ १३ देखि आगामी मंसिर १३ गतेसम्म लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


प्रतिक्रिया