Breaking

दाङमा चट्याङ लागेर २ महिलाको मृत्यु, १२ जना घाइते


काठमाडौँ — दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन्।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृतक र घाइतेको अझै नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।