काठमाडौँ – सानिमा बैंक लिमिटेडले अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले ‘१०.२५% सानिमा डिवेन्चर २०८९’ को बिक्री खुलाएको छ ।
बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।
१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ । अंकित मूल्य १००० रुपैयाँ दरका कुल ५० लाख कित्ता ऋणपत्र आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया