समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान साढे २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बाटो बन्द भएपछि सवारी साधन र त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।