आज हरितालिकातीज, देश विदेशमा रहेका हिन्दु महलिाहरुले हर्षोउल्लासका साथयो पर्व मनाएका छन् । भाद्र शुक्ल तृतीयामाव्रतबसीशिवको पूजा, उपासना गरेमापारिवारिक सुख, शान्ति र कल्याण प्राप्तहुने धार्मिक विश्वास छ । तर, पश्चिमा सैलीमा तिज पर्वलाई परिमार्जन गर्दै लैजादामौलिखमानिएको यो पर्वमाविकृतीमौलाउदै गएको छ
सत्य युगमाभाद्र शुक्ल तृतीयाको दिन राजाहिमालयकी छोरी पार्वतीले आफूले मन पराएको वर पाउनजङ्गलगएर शिवजीको तपस्यागरि आफ्नो मनोकांक्षा पुरा भएको दिनलाई हरितालीकातिजको रुपमामनाइदै आइएको छ ।
आधुनिक समाजमातीजको महत्त्वलाई जुन रूपले व्याख्यागरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । तीजआफैमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत गरेर दिनभरि व्रत बस्नमा वैज्ञानिक हिसाबले फलदायक नै देखिन्छ । तीजको दिन नारीहरूले टीका, कपडा, चुरा, पोते आदि सबै रातै रंगमा सजिनु यसको विशेषताहो । नारीहरू त्यो दिननाचगानगर्दै हर्षोल्लासका साथदिनभरि भोकै बसीश्रीमानको दीर्घायुको कामनागर्नु नै यस तीजपर्वको सन्देश मानिन्छ ।
तीजकादिनमहिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ ।
रातो रंगले महिलालाई एक किसिमको शक्तिप्रदानगर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्दप्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीकहो । नेपालमामात्रनभएरविदेशमा रहेका नेपालीमहिलाहरूले समेत यो चाड मनाउनथालेका छन् ।यताहिन्दु धर्मले महिलालाई पुरुषको अन्धभक्तवा पुरुषभक्तबनाउनखोजेको भन्दैप्रगतिशीलतथाक्रान्तिकारी महिलाहरूले यसको विरोध पनिगर्दै आइरहेका छन् ।पहिले चुल्हो चौको एवं घरधन्दामै अल्झिएकाअधिकांशमहिलातीजमा मन खोलेर आफ्नो व्यथापोख्थे । अहिले त टोल टोलमा समूहबनाएर एक महिना अघिदेखि नै नाचगान र खानपिनकाकार्यक्रमगरिन्छ ।
यसले तीजको खास अर्थ र महत्त्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्ततीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । हिजोआजतीजको रमझममापनिपश्चिमेली शैलीमिसिनथालेको देखिन्छ । फलस्वरूपमौलिकता हराउनथालेको छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनिओझेलमा परेको पुराणविद्ले बताउने गरेका छन् ।
तीजलाई हामीले परम्परागतमान्यता र विधिनमर्ने गरी परिष्कृत गर्दै लानुपर्छ ।
शिक्षित र सभ्य समाजमाहुर्किएकाआधुनिकमहिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमयएवं संस्कारयुक्तबनाउनपहलगर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्यबनाउनु भनेहुँदैन । आर्थिक भार बढिरहेगरिबहरुलाई यस्ता पर्व कसरी मनाउने ? त्यसैले तीजलगायतकापर्वलाई संस्कृति संरक्षणहुने गरी परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने आजको पुस्ताको जिम्मेवारी र दायित्वहो ।


प्रतिक्रिया