खेलकुद

बन्द प्रशिक्षणमा ३० खेलाडी


काठमाडौँ — बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक प्रशिक्षणमा रहेका ४० खेलाडीमध्येबाट कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले १० जना घटाएका छन् । प्रशिक्षक हुमागाईंले मंगलबार डिफेण्डरहरु देवेन्द्र तामाङ, छिरिङ गरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ टिमबाट बाहिरिएका छन् ।

त्यस्तै मिडफिल्डरहरु पुजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङ तथा स्ट्राइकरद्वय जर्जप्रिन्स कार्की र आशिष चापागाईं पनि टिमबाट बाहिरिएका छन् । डिफेण्डर गौतम र मिडफिल्डर पुजन यसअघि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हुँदा नियमित टिममा परिरहेका थिए ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । प्रशिक्षक हुमागाईंले बंगलादेशसँग खेल्ने अन्तिम टोलीको घोषणा गर्न बाँकी छ ।

प्रशिक्षणमा रहने नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विकोश कुथु र दीप कार्की

डिफेण्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रन्जित धिमाल ।

मिडफिल्डर : तेज तामाङ, शेषेहाङ आङदेम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरजज्यू ठकुरी, सुनील वल, आयुश घलान, सुजन श्रेष्ठ, आभाश लामिछाने, सुदीप गुरुङ, सन्जोग राई र अन्जन विष्ट

फरवार्ड : विमल घर्तीमगर, रितिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ