Breaking

अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाको मोरङबाट चुनाव लड्ने चाहना


काठमाडौँ — अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् । राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ ।

क्षेत्र नम्बर ६ मा पनि उनी उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुङ्गो लागिसकेको छैन । नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने उनी निकटहरु बताउँछन् । मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको संगठन बलियो छ ।

स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ मा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको छ । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल उम्मेदवार बन्ने तयारीमा छन् । २०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार सुनिल शर्मालाई झिनो मतान्तरले पराजित गरेका ढकाललाई त्यसबेला ‘टुरिष्ट उम्मेदवार’को ट्याग लागेको थियो ।