Breaking

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ ।

मंगलबार (१४ भदौ) बिहान नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो । चुनावी घोषणा पत्र निर्माण र एकता संयोजन समितिमा रहने नेताहरुबारे छलफल भएको स्रोतले जनाएको छ ।

मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एउटै घोषणा पत्र लिएर जान एकीकृत समाजवादी र माओवादीबीच सहमति जुटेको छ ।