Breaking

यी क्षेत्रका नदीमा आज बहाव बढ्ने


काठमाडौँ – देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज मोरङ, उदयपुर, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, सिन्धुली, गोरखा, लमजुङ, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केही साना नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

मधेस प्रदेशको दक्षिणी भू-भाग भई बहने साना नदीहरूमा समेत बहाव बढ्ने पूर्वानमान छ । उक्त नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।