Breaking

काठमाडौँमा ३ हजार बढी सवारी चालक कारबाहीमा, हर्न बजाउने ३ सय १२ जना पनि फन्दामा


काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् ।

कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १ सय ७६, लेन मिचेर सवारी चलाउने १ सय १७, रातो बत्तीको पालना नगर्ने २ सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३ सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा २ हजार २ सय १३ चालक रहेका छन् ।

कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।