Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु, चार घाइते


काठमाडौँ – रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ । चट्याङ लागेर चार जना घाइते भएका छन् ।

गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको रहेका छन् । अन्य चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।