काठमाडौँ — पछिल्लो समय बर्खा याममा उत्पादन बढेसँगै नेपालको विजुली भारत निर्यात गर्ने दर पनि बढ्दै गएको छ । करिव तीन महिनामा नेपाल विद्युत प्राधिकरणले भारतमा विजुली बेचेर करिब ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । जसले व्यापार घाटा समेत कम गर्दै जाने र अर्थतन्त्रमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । तिन महिनामै नेपाल विद्युत प्राधिकरणले भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्जमा विद्युत बेचेर करिब ६ अर्ब रुपैयाँ आम्दानी गर्यो ।
प्राधिकरणले जेठ १९ गतेबाट सरप्लस भएको विद्युत निर्यात सुरु गरेको थियो । प्राधिकरणले भारतीय बजारमा निर्यातका लागि बाटो खुलेको भन्दै थप ६ सय मेगावाटका आयोजना निर्यातका लागि प्रस्ताव गरिएकाले अब प्रधिकरणले भारत सहित तेस्रो मुलुकमा पनि विजुली बेचेर राज्यको व्यापार घाट कम गर्ने लक्ष्य राखेको छ । प्राधिकरणले माथिल्लो तामाकोसी सहितका आयोजनाहरुको विद्युत विक्रीका लागि पनि स्वीकृति मागि सकेको छ ।
गत वर्ष दुईवटा आयोजनाको विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा भारततिय बजारमा बिक्री गरिएको थियो । यो बर्ष पनि जेठ १९ गतेबाट ३८९ मेगावाटबाट निर्यात सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा निर्यात भइरहेको छ । २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ ।
त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । गत आर्थिक बर्ष २०७८÷७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । चालु बर्षको पहिलो महिना साउनमा करिब २ अर्बको विद्युत निर्यात भएको छ । तामाकोसीको विद्युत भने भारतले किन्न चाहेको छैन । भारतले सीमा जोडिएको तर आफुसँग विद्युत क्षेत्र सहयोग सम्बन्धी द्धिपक्षीय सम्झौता नभएका मुलुकका लगानी वा नियन्त्रण भएका आयोजनाहरु विद्युत आयात नगर्ने नीति लिएको छ ।
तर नेपाल सरकारले भने माथिल्लो तामाकोसीबाट उत्पादीत विजुली विक्री गर्न सहजिकरण गरीरहेको जनाएको छ । नेपालमा उत्पादन र निर्यात बढे केहि बर्षमा जनतालाई निःशुल्क बिजुली दिने तयारी प्रधिकरणले गरेको स्वय कार्यकारी निर्देशक कुलमान घिसिङले बताउने गरेका छन् । नेपालको उत्पादन क्षेत्रमा विषेश ध्यान दिएर सरकारले निर्यातमा सहजीकरण गरे व्यापार घाटाको ग्राफ घट्दै अर्थतन्त्रमा समेत सुधार आउने कुरामा दुइ मत छैन् ।।


प्रतिक्रिया