देश

गठबन्धनसँग एमालेले चुनावी प्रतिस्पर्धा गर्नुपर्ने चुनौती


काठमाडौँ — नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय वाम(लोकतान्त्रिक गठबन्धन यतिबेला मंसिर ४ को संसदीय निर्वाचनका लागि सिट बाँडफाँटमा व्यस्त छन्। केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि बनेको गठबन्धन आगामी निर्वाचनसम्म जाने पक्का भएको अवस्थामा एमाले एक्लो परेको छ।

कांग्रेस, एमालेकै कुनै बेलाको सहयात्री माओवादी, अर्को सहयात्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीबीचको गठबन्धनसँग एमालेले चुनावी प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। यस्तोमा पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग राजावादी र पञ्च पृष्ठभूमिका दल र तिनका नेताले संवाद गरिरहेका छन्।