काठमाडौँ — हिन्दु नारीहरुको चाड हरितालिका तीजमा पशुपति क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै मासुजन्य पदार्थ र मदिरा तथा नसालु पदार्थ उत्पादन, बेचबिखन र सेवन गर्न रोक लगाइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भदौ १३ र १४ गते मासुजन्य पदार्थ र मदिरा ओसारपसार तथा सेवन गर्न रोक लगाइएको जानकारी गराएको छ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्व आगामी २०७९ भाद्र १४ गते मंगलबार वर्ने भएकोदले सो पर्वलाई मध्यनजर राखि भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले देहायको चार किल्लाभित्र कसैले पनि मांस, मदिरा तथा नसालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ ९क० र ९ख० अनुसार आगामी भाद्र १३ गतेदेखिनै लागु हुने गी पूर्ण रुपमा रोक लगाइएको छ, जारी सूचनामा भनिएको छ। यदी कसैले यो सूचनालाई बर्खिलाप भए स्थानीय प्रशासन एने २०२८ अनुसार कारबाही हुने जनाइएको छ।
‘कोही कसैले यो सूचनाको बर्खिलाप कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने ब्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइएको छ। सूचनामा भनिएको छ। पशुपति मन्दिरको पूर्वतिर गौशाला मित्रपार्क सडकदेखि, पश्चिमतिर पशुपति क्षेत्रको पूर्व सीमानादेखि, उत्तरतिर गौशाला तिलगंगा चक्रपथदेखि र दक्षिणतिर मित्रपर्का, उमाकुण्ड, गौरीघाट हुँदै बागमतीदेखि रोक लगाइएको सूचनामा जनाइएको छ।


प्रतिक्रिया