देश

संघीय उम्मेदवारको लागि आङङिमा लामाको नाम सिफारिस


काठमाडौँ — नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिवार बसेको पार्टीको सचिवालय बैठकले संघीय संसद अन्तरगत प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आङङिमा लामाको एकल सिफारिस गरेको छ भने समानुपातिकतर्फ आङकामी शेर्पा र ङिमादिकी शेर्पालाई सिफारिस गरेको छ ।

त्यस्तै, प्रदेस सभा सदस्यका लागि प्रदेस सभा ‘क’ बाट प्रत्यक्षमा डिल्लीबहादुर राई, भिमकुमार शर्मा र हेरम्बराज बाँस्तोला सिफारिस भएका छन् भने समानुपातिकतर्फ प्रदेस सभा ‘क’ का लागि मोहनकुमारी भट्टराई बाँस्तोला र रामकुमार राईलाई सिफारिस गरिएको छ । प्रदेस सभा ‘ख’ बाट प्रत्यक्षतर्फ दोर्जीशुसिल शेर्पा र समानुपातिकतर्फ जिल्ला अध्यक्ष दोर्जीजाङ्बु लामा र सन्तोष थापामगरको नाम सिफारिस गरिएको जिल्ला सचिब डिल्ली राईले जानकारी दिए ।