Breaking

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित


काठमाडौँ — राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन् । यसअघि राष्ट्रिय सभामा कांग्रेस दलको नेता राधेश्याम अधिकारी थिए ।

उनको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । चार वर्षे कार्यकाल समाप्त भएर विदा भएका २० सांसदहरुमध्ये अधिकारी पनि एक थिए ।