काठमाडौँ — काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका छन् । विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै कक्षा १२ का विद्यार्थीहरूले सोमबार बिहान आन्दोलन गरेका छन् । उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन् । विद्यार्थीहरूले आन्दोलन गरेसँगै प्रहरीले आरोपित शिक्षकलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई छन् । उनी अंग्रेजी पढाउने शिक्षक हुन् । उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ती शिक्षकले विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गरेको आरोप लागेको एसपी मैनालीले बताए । शिक्षकलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीसँग च्याट गरेको भन्ने खबर आएको छ । के-कस्तो विषय हुन् भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया