Breaking

फेरी पनि देउवा–ओली–प्रचण्ड मध्ये एक प्रधानमन्त्री ! पुरानालाई हराउने स्वतन्त्रको रणनिति कस्तो ?


बाठमाडौँ — आगामी मंसिर ४ गते प्रदेश र संघको चुनाव एकैचाटि गर्ने सरकारको निर्णयसंगै विस्तारै तात्न थालेको राजनीतिक माहोल सिट वाँडफाड,उमेद्धार चयनको तहमा पुगेको छ । राजनीतिक दलहरु प्रदेश र संघको निर्वाचन केन्द्रीत बन्दै गर्दा नेताहरु पनि दौडधुपमा लागेका छन । कसरी टिकट पाउने र कहाँबाट चुनाव लड्ने भन्ने रस्साकस्सीमा रहेका उनीहरुमध्ये केहि अन्तिम पटकको निर्वाचन लड्ने तयारीमा छन ।

अर्थात नेतृत्वमा पुस्तान्तरको वहसका वीच यो पटक पनि ठुलो मात्रामा पुरानै अनुहार दोहोरिने तयारीमा देखिन्छ । सत्ता गठबन्धनभित्र सिट वाडफाडको रस्साकस्सी र गठबन्धनले सिर्जना गरेको चुनौती विरुद्ध आवश्यक रणनितिमा व्यस्त एमालेको अवस्थाकावीच टेष्टेडलाई हराउने गरि स्वतन्त्र र नयाँ दल लागि परेका छन । यो समय सम्भावित उमेद्धार नेताहरुको अघि पछि गर्न थालिसकेका छन भने दलहरु पनि चुनावी तयारीमा होमिएका छन ।

जनतासंग जोडिने अभियान सन्चालन गरिरहेका उनीहरु आगामी प्रधानमन्त्रीको समेत टुङ्गो लगाए जसरी अघि बढिरहेका छन । अर्थात संसदीय निर्वाचनमा मुखमा वहस भने आगामी प्रधानमन्त्रीको हुने भन्ने तहसम्म जारी छ । यसरी एकातर्फ अधिंकाश पुरानै नेता सांसदमा दोहोरिने सम्भावनका वीच पुरानै अनुहारहरुले प्रधानमन्त्रीको दावी गरिरहँदा नयाँ अनुहार पनि यो दौडमा छ । स्वतन्त्र रुपमा आफू एक्लो उठ्न लागेका देखि भर्खर पार्टी बनाएका र आगामी निर्वाचनमा त्यो पार्टीलाई राष्ट्रिय पार्टी नै बनाउन धौधौ हुनेहरु समेत प्रधानमन्त्री हुने सपना देखिरहेका छन ।

यो परिस्थितीमा आगामी प्रधानमन्त्री को बन्ला त ? देउवा–प्रचण्ड–ओलीको विकल्प गगन रवी बन्लान ? संसदीय व्यवस्थामा एक्लो स्वतन्त्र चुनाव लड्नेको प्रधानमन्त्री सपना कति सम्भव ? सांसदमा पुराना अनुहार दोहोरिने प्रवल सम्भावनाका वीच युवा नेताको प्रधानमन्त्री बन्ने सफल होला त ? आजको एबीसी चेकमा यी र यस्तै विषय समेटिने छ । सुरु गरौ प्रधानमन्त्रीको दौडधुपमा रहेकाहरुको प्रसङबाट बीबीसीको साझा सवाल कार्यक्रममा सहभागीको रूपमा प्रधानमन्त्री देउवालाई आक्रोशित तुल्याउने गरी प्रश्न सोधेपछि उनी चर्चामा आएका गुल्मीका युवासागर ढकालले देउवालाई चुनौती दिन डडेलधुराबाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

त्यसको तयारी स्वरुप डडेलधुरा समेत पुगेका ढकाल र उनको समुह आउँदो चुनावपछि ४० वर्ष नपुगेकालाई प्रधानमन्त्री बनाउने अभियानमा छ । त्यसको निम्ति १६५ वटै निर्वाचन क्षेत्रमा ४० वर्षभन्दा कम उमेरका उम्मेदवारको खोजी भइरहेको उनको बताउने ढकाल ’हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने’ अभियान चलाइरहेका हुन । वेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स सकेर उनी आफै पनि अभियान सफल भए प्रधानमन्त्री बन्ने तयारीमा छन । सन्चार क्षेत्र छोडेर दल नै गठन गरी राजनीतिमा होमिएका रवी लामिछाने पनि यो पल्ट वाहरुलाई रोक्ने अभियानमा छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका छन । निर्वाचनको तयारी र संगठन विस्तारका लागि देशभर नै दौडधुप गरेका उनले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटक दुई तिहाईको बहुमत ल्याउने अपेक्षा राखेको बताँउदै आएका छन । देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका उनको दौडधुप पनि देशको प्रधानमन्त्री बन्नेमै छ ।

उनीमात्र हैनन् स्वयम पार्टीभित्र पनि अव पुराना अनुहारलाई विदा दिनुपर्ने माग वलियो बन्दै आएको छ । असंगठिट रुपमामा नै सहि पूर्वप्रधानमन्त्री हराउ अभियानै सन्चालन भईरहँदा पार्टीभित्र पनि युवाहरु नेतृत्वका लागि तयारी गरिरहेका छन । जसको उदाहरण कांग्रेस महामन्त्री गगन थापा पनि हुन । थापाले प्रधानमन्त्रीका रुपमा गगनले आफूलाई तयार गर्दै गर्दा सरकार सञ्चालनका लागि भन्दै प्रोजेक्ट गभर्मेन्टको काममा तल्लीन छन् । यहिवीच कांग्रेसकै अर्का नेता चन्द्र भण्डारीले कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । उनले नेपाली कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए। अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ ।

नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे। उनले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौती भएको उल्लेख गरे ।
यसरी वाहिर स्वतन्त्र र साना तथा नयाँ दल तथा पुराना दलकै भित्र पनि नयाँ अनुहार नेतृत्वका लागि तयारी गरिहँदा पार्टीभित्र भने पुरानैलाई अघि सार्ने कार्य सुरु भईसकोे छ । उनीहरुको यो दौडधुपकावीच प्रमुख प्रतिपक्षी एमालेले पनि आगामी प्रधानमन्त्री को बन्ने भन्ने निर्णय नै गरिसकेको छ ।

केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरिसकेको छ । एकातर्फ सत्ता गठबन्धन र अर्कोतर्फ स्वतन्त्रको चेपुवामा परेको एमालेले उनीहरु भन्दा फरक बन्ने भन्दा प्रधानमन्त्रीमा पुरानै अनुहार दोहोर्याउने परम्परागत प्रवृत्ती भन्दा माथि उठ्न सकेको छैन ।
उता सत्ता गठबन्धनभित्र पनि प्रधानमन्त्री बन्नेको लाईन नै छ ।

सिट बाँडफाँटमा रूमलिएको गठबन्धनका दलहरूले भावी प्रधानमन्त्रीको साझा उमेदवार बनाएर चुनावमा होमिने संकेत समेत गर्न नसकेपनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल प्रधानमन्त्रीका स्वभाविक उम्मेद्धार हुन । दाउ थाप्न गठबन्धनमा मिसिएका वामदेव गौतम पनि एकचोटि प्रधानमन्त्री भएरै छोड्ने अडानमा छन । विगतका सत्तारोहणकै लागि एमालेसंग पार्टी एकतासम्म गरेका नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केवल किङमेकरका रुपमै समय गुर्जान बाध्य छन ।

ओलीले पेलेर अघि बढेपछि उत्पन्न अन्तुष्टिले अहिले अवस्थासम्म आईपुग्दा उनी पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्दै आएका छन । आफ्ना लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने उनको विश्वास छ । आफ्ना लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन ।

यता देउवा आफ्नो ज्योतिषीले भनेको संख्या पुर्याउने दौडधमा यसरी थिचिएर बस्नु परेका प्रचण्ड,सातौ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणीका वीच छटौै पटक सत्तारोहणका लागि तम्तयार देउवा र पूर्वतयारीका साथ अघि बढेका गगन र दाउ हेरेर बसेका नेपाल,गौतमका वीच सत्ता गठबन्धनले को प्रधानमन्त्री भन्ने छलफल नै अघि बढाएको छैन । तर कांग्रेसभित्र पनि देउवा नै निर्विकल्प उम्मेद्धारका रुपमा रहेका छन ।

यर्थाथमा हेर्न हो भने यो रस्साकस्सीका वीच लामिछानेलाई आफ्नो पार्टी राष्ट्रिय दल बनाउनु नै प्रधानमन्त्री बनाए सरह हुने छ । भर्खर वामे सर्दै गरेको उनको पार्टी थ्रेस होल्ड नै कटाएपनि त्यो संख्या उनको प्रधानमन्त्री बन्ने रहर पुरा गर्न प्रर्याप्त हुने छैन । त्यस्तै सागर ढकालको पनि अवस्था उहि हो । उनी लगायतका स्वतन्त्रहरुले सरकार नै चलाउने संख्या जित्ने अवस्था नदेखिदा उनको यो ईच्छा केवल ईच्छा नै बन्ने देखिन्छ ।

अव बाँकि रहेका आकंक्षीमध्ये सबैभन्दा मूख्य दावेदार सत्ता गठबन्धनकै उम्मेद्धार हुनेमा दुई मत छैन । यहि कारण आगामी यात्रा सुनिश्चित गर्न नै देउवा गठबन्धन गरिरहेका छन । विद्यमान निर्वाचन प्रणालीकावीच कुनै एक दलले वहुमत ल्याउने सम्भावना नभएको भन्दै तालमेलको विकल्प नभएको बुझाईमा छन । तर प्रचण्डको नेतृत्व ईच्छाले शंसकित तर उनलाई छोडे कम्युनिष्ट एक हुने डरले दवावमा परेका उनी उनीहरुलाई नै प्रयोग गरेर वहुमत ल्याउने तयारीमा छन ।

भोलीका दिन लोसपाजस्तो सानो दललाई लिएर सरकार गठन हुने अवस्था सिर्जना गर्न सके आफ्नो बाटो कसैले रोक्न नसक्ने देउवाको बुझाई छ । पार्टी भित्र वहुमत भएका कारण गगनको ईच्छा केवल चर्चामा सिमित गर्नमा आईतबार कुर्न नपर्ने सुविकावीच उनी प्रचण्डको व्यवस्थापनमा लागि परेका छन । गठबन्धनका कारण जित सुनश्चित जस्तै भएको वर्तमा अवस्थामा कम्तिमा ८५ सिट प्रत्यक्षतर्फ लिने र बाँकि समानुपातिकतर्फबाट पुरा गर्ने लक्ष्य देउवाको छ ।

तर यहि बुझेका प्रचण्ड कसै गरे कांग्रेसलाई यो सुविधा दिने पक्षमा छैनन् । त्यसैका लागि वढि सिट मागीरहेको उनी अर्कातर्फ एकीकृत समाजवादी,नेपाल समाजवादी पार्टी र वामदेवलाई समेटेर वार्गेनिङ पावरलाई बढाई रहेका छन । गठबन्धनकै आडमा चुनाव लड्ेर आफू निर्णायक शक्तीका रुपमा स्थापीत हुने दाउमा रहेको प्रचण्ड यदि देउवाले पेले प्रधानमन्त्री हुने शर्तमा अर्कै समिकरण बनाउन सक्ने सम्मको तयारीमा उनी छन ।

यसले यो रस्साकस्सीमा कस्को पल्ला भारी हुन्छ आगामी निर्वाचनको नतिजाले निर्धारण गर्ने छ । यद्यपी यसमा देउवाकै सम्भावना बढि रहेको विश्लेषकहरु बताउछन । यसले नेतृत्वमा जो आएपनि पुरानै अनुहार आउनेमा दुईमत छैन । तर केवल प्रधानमन्त्रीमा मात्र नभएर सांसदमै समेत पुरानै अनुहार दोहोरिने सम्भावना समेत प्रवल छ । नेतृत्वमा पुस्तान्तरणको वहसका वीच मुख्य नेतृत्वमा बुढा नेताकै हालीमुहालीकावीच प्रधानमन्त्री बन्ने बाटो संसदमै पुरानाकै वाहुल्यता हुने सम्भावना छ ।

जसमा वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अग्रपङक्तीमा छन । विगतमा पनि चुनाव जितेर परिक्षण भईसकेका तथा अक्षम समेत घोषित भईसकेकाको यो सूचीमा काँग्रेसबाट रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, रामशरण महत र विजयकुमार गच्छदार, रमेश रिजाल, दीपकुमार उपाध्यायले लगायतका छन ।

त्यस्तै एमालेका पृथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठ यो सूचीमा छन भने एमाले छोडेका वामदेव गौतम, रामचन्द्र झा र राजेन्द्र पाण्डे पनि यो पटक सातौ चुनाव लड्ने तयारीमा छन । मधेसी दलका नेता महन्थ ठाकुर,राजेन्द्र महतो सर्वेन्द्रनाथ शुक्ल, हृदयेश त्रिपाठी, राप्रका पशुपतिशमशेर जबरा र दीपक बोहराले पनि यतिका बर्षका चुनावी प्रतिस्पर्धाले पनि थालेका छैन । यसमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष कृष्णबहादुर महरा, अग्नि सापकोटा, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताको पनि बाटो यहि देखिएको छ ।

त्यस्तै भर्खरै नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराईले गोरखालाई पेवा बनाईरहँदा यी अधिकाश अनुहार आगामी निर्वानमा पनि निर्विकल्प उमेद्धारका रुपमा अघि आउने निश्चित छ । विना गठबन्धन जाने तयारी र हार्ने सम्भावना वढि रहेको एमालेमा केहि युवा समेटिने आश रहेपनि सत्ताघटकमा त्यो सम्भावना न्युन देखिएको छ । एकातर्फ भागवन्डाका कारण सिट कम पर्ने र वुढा नेतालाई नै व्यवस्थापन गर्नुपर्ने प्रवृत्तीका कारण यो पटक पनि आश गरिएका युवानेताहरुले टिकट नै नपाउने अवस्थामा छन ।

जसले नेपाली राजनीतिको एक विकृत पाटोलाई उजागर गर्दै गर्दा पुस्तान्तरणको भाषण गरेर नथाक्ने सूचीकै व्यक्तीहरु नै यो अनुहारमा प्रतिविम्बित बनिरहेका छन । जसले कहिले युवा नेताहरु कहिले बुढा नेता मर्छन र आफ्नो पालो आउला भनेर कुनुपर्ने अवस्था सिर्जना भएको स्वयम राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बताउछन ।
हुन त पछिल्लो समयमा युवाहरुको उपस्थिती जबरजस्त बन्दै गएको छ भने स्थानीय तहमा पाएको सफलताले धेरैलाई हौसाएको पनि छ ।

फलत कम्तिमा एकजना टेष्टडलाई संसद प्रवेश रोक्ने, पूर्वप्रधानमन्त्रीलाई हराउने लगायतका अभियान नै चलिरहेको छन । त्यस्तै स्वतन्त्र रुपमा उम्मेद्धारी दिने युवाहरु पनि बढेका छन । तर देश नै भागवन्डामा चलेको अहिलको अवस्थामा जनमत नै बन्धक बन्ने गरि गरिने गठबन्धन र हार्नेमा सम्भावना बढि भएकोमा मात्र युवाले पालो पाउने प्रवृत्तीका कारण आगामी निर्वाचन पनि अहिले वहस भएजसरी व्यापक परिवर्तन नै हुने सम्भावना कम छ ।