Breaking

त्रिविमा हुने गुण्डागुण्डीको दोषी को ? दुरदराजका विद्यार्थीको भविष्यमाथि खेलवाड


काठमाडौँ — नेपालको सबैभन्दा जेठो विश्वविद्यालय यतिबेला संकटमा छ । विभिन्न संगठनले समयसमयमा गर्ने आन्दोलनका कारण विश्वविद्यालयमा पढाईभन्दा बढी राजनीति हुने गरेको छ । जसले गर्दा दुरदराजबाट उच्च शिक्षाका लागि राजधानी पसेका विद्यार्थीहरु मर्कामा परेका छन् ।

०६२÷६३ को जनआन्दोल हुँदा ताका समेत शान्त र सुरक्षित बनेको देशकै जेठो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयलाई यति खेर भने प्रहरीको आवश्यक परेको छ । देशमा अहिले द्वन्द्व त छैन तर, विश्वविद्यालयको अवस्था हेर्दा द्वन्द्वभन्दा कम पनि छैन । परिणामत, आफैले उत्पादन गरेका विद्यार्थीहरुबाट सुरक्षित हुन प्राध्यापकहरु प्रहरीको सहयोग माग गरिरहेका छन् । आफ्नै विद्यार्थीबाट समयसमयमा प्राध्यापकहरु असुरक्षित भएको समाचार त बाहिरी नै रहन्छ ।

प्राध्यापक प्रेम चलाउनेमाथिको आक्रमण त्यसैमध्येको पछिल्लो उदाहरण हो ।
त्रिविमा हुने यस्ता किसिमका घटनाले समाजमा पर्ने असर त छदैँछ, त्यो भन्दा पनि बढी विश्वविद्यालयबाट कस्ता विद्यार्थी उत्पादन भइरहेको छ भन्ने सहरजै अनुमान गर्न सकिन्छ । यस्ता अप्रिय घटनालाई कम गर्न त्रिविले विश्वविद्यालय क्षेत्रमा मर्यादाविपरीतका कार्य गर्ने विद्यार्थीको दर्ता खारेज गर्ने निर्णय गरेको छ । साथै, आफ्ना पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने जस्ता अभद्र व्यवहार गरी कागजात लुटिएको भन्दै त्रिविले केन्द्रीय कार्यालय परिसरमा शान्ति–सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयसमक्ष अपिलसमेत गरेको थियो ।

त्रिविले विगत १४३ दिन देखि तालाबन्दीको मार भोग्दै आइरहेको छ । विश्वविद्यालयमा भइरहेको तालाबन्दी पेशागत व्यापार भएको जानकार बताउँछन् । विश्वविद्यालयमा दोहोन गरेर खानलाई मात्र त्यस्ता विद्यार्थीहरु विश्वविद्यालयमा रहेका छन् । विश्वविद्यलय क्षेत्रमा हुने यस्ता अभद्र व्यवहार गर्ने विद्यार्थीलाई गुण्डाको संज्ञा दिएको छ ।

राजनीतिक नियुक्तीबाट उपकुलपति बन्ने नेपालमा शिक्षाको गुणस्तरको बारे खासै कुरा गरेको सुनिदैँन । दक्षताका आधारमा नियुक्त गरिनु पर्ने पदहरुमा राजनीति हावी हुँदा विश्वविद्यालयबाट यस्तै राजनीति गर्ने विद्यार्थी उत्पादन हुनु स्वभाविक नै हो । त्यसैले त्रिवि जस्तो शैक्षिक संस्थाको हविगत गर्ने दोषी यस्तै राजनीति गर्ने राजनीतिज्ञको हो ।

विभिन्न काल खण्डमा टियुको नेतृत्व सम्हालेकाहरुले नै टियुलाई आज यो अवस्था पुर्याएका छन् । प्राध्यापकदेखि विद्यार्थी नेतासम्म राजनीतिको फोहोरि खेलमा रुमल्लिदाँ इतिहास बोकेको विश्वविद्यालयको भविष्यमा भने दिनदिनै संकट पैदा हुँदै गएको छ । साथै यहि विश्वविद्यालयमा भविष्य देखेर दुरदराजबाट राजधानी केन्द्रीत भएका विद्यार्थीको भविष्यमाथि पनि खेलवाड भइरहेको छ ।