Breaking

मुड्खु–तीनपिप्ले सडक निरीक्षण गर्न पुगेका मन्त्रीद्धयलाई स्थानीयले लखेटे, आश्वासनभारी पर्यो


काठमाडौँ — मुड्खु–तीनपिप्ले क्षेत्रमा सडक निरीक्षण गर्न पुगेका मन्त्री द्धय मोहम्मद इश्तियाक राई र राजेन्द्र प्रसाद श्रेष्ठसँग स्थानीय आक्रोशित बनेका छन् । सरकारबाट आश्वासन मात्र पाएको भन्दै स्थानीयले मन्त्रीहरुलाई अमर्यदित व्यवहार गरेका हुन् । राजनीतिक दलहरुप्रति जनताको आक्रोश बढ्दो छ । आईतवार सडक निरीक्षण गर्न भन्दै मुड्खु पुगेका मन्त्रीद्वय भौतिकपूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग स्थानीयआक्रोशित देखिए । उनीहरुले सबै मन्त्रीहरु निरीक्षणका लागिआउने तर दिएकाआश्वासन पूरा नगर्ने भन्दै आश देखाउनबन्दगर्न आग्रह गरे । स्थानीयहरुले सडक निर्माण नभएकै कारण विद्यार्थीहरुले पढ्न नपाएको र जागिर खानेहरुले पनिदिनको ५ सय तिरेर ट्याक्सीमाआवतजावत गर्नु परेको दुःखेसो पोखे ।

पासाङल्हामु सडकखण्डअन्तर्गतको मड्खु–तीनपिप्ले क्षेत्रको मन्त्रीद्धयले निरीक्षण गरेका हुन् । शैलुङ कन्स्ट्रक्शनले ठेक्कापाएको यस सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्कातोडेको छ भने नयाँ ठेक्काकालागि केही दिनअघि मात्रै सूचनाप्रकाशित गरेको छ । अब ठेक्कापाउने ठेकेदार कम्पनीले ४ ठेक्कापाएको ४ महिनाभित्रनिर्माण कार्य सम्पन्नगरिसक्नुपर्नेछ । ठेक्का प्रक्रियाअघि सडकको अवलोकनका लागि सम्बन्धित स्थानमापुग्नुभएकामन्त्री द्वय राई र श्रेष्ठले अबको ४ महिनामा सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनाए ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री राईले राजनीतिक आवरणमा काम सम्पन्न नगरेका ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राखेर अब काम शुरु गर्ने बताए । त्यस्तै सामान्यप्रशासनमन्त्रीश्रेष्ठले विगतका सरकारले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निर्माणमा व्यवस्थित काम गर्न नसकेको बताए । उनले अब भने फास्ट ट्रयाकबाट काम अघि बढाउने बताए । स्थानीयहरु ८ किलोमिटर भन्दालामो रुटमा समेत कुनैपनि सार्वजनिक यातायात नराखेको भन्दै मन्त्रीहरुसँग ओक्रोशित बने । मुड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक यातायात सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरे । आशा देखाउनकै लागि अवलोकन गर्न पुगेको हो भने आशा देखाएर नै निराश नबनाइदिन उनीहरुले सरकारसँग माग गरे ।