काठमाडौँ — गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ वटै पालिकामा नेतृत्व चयन भयो । तर अहिले काठमाडौंका मेयर बालेन शाह र धरानका हर्क साम्पाङको मात्रै चर्चा छ । अन्य पालिका प्रमुखले के गरिरहेका छन् ? उनीहरुको गतिविधि किन सतहमा आएको छैन ? झण्डै आकाश छुन खोज्ने दुई ठूला गगनचुम्बी भवन भारतको नोयडा शहरमाभव्य तरिकाले निर्माण गरिएको थियो । ४० तले दुई भवनमध्ये एउटा एक सय मिटर र अर्काे ९७ मिटर अग्लो थियो । तर यी दुवै भवनलाई ३ हजार ७ सय किलोग्राम विष्फोटक पदार्थ पड्काएर ९ सेकेन्डकै अवधिमा ध्वस्त बनाइयो ।
किनकि यी भवन मापदण्डविपरित निर्माण गरिएका थिए । अनधिकृत रुपमा निर्माण गरिएका संरचनाभत्काउनु कानूनी राज्यको विशेषता हो । सर्वाेच्च अदालतले भत्काउने आदेश दिएपछि दुई गगनचुम्बी भवन आइतबार माटोमै मिलेका छन् । तर काठमाडौंका मेयर बालेन्द्र शाहले सहरका सडकमै निर्माण गरिएका छाप्राहरु भत्काउँदा विरोध भइरहेको छ ।बालेन्द्रलाई भष्म पार्छु भन्दै घरमै मानिस पुगिरहेका छन् । किनकि एकसाताकै अवधिमा बालेनले धेरै स्थानका अनधिकृत संरचना भत्काएका छन् । बर्षाैदेखि कानुनले सजाय दिन योग्य रहेका तर दबाब प्रभावमा पारि बच्दै आएकाहरुको पनि सात्तो गएको छ । यसकारण बालेनलाई समर्थन गर्नेको संख्या देशभर फैलिएको छ ।
उस्तै धरानका मेयर हर्क साम्पाङ छन् । सुतिरहेको सहरलाई मोटो छुन आह्वान गर्दै श्रमक्रान्तिमा उठाइरहेका छन् । करोडौंको काम जनताकै समर्थन रजनताकै सहभागितामा फत्ते बनाउने ताकत साम्पाङले देखाएपछि देशभरबाट समर्थनको आइरो छ । कतिसम्म भने, माटोप्रतिको माया विर्सेर सत्ताको स्वार्थी राजनीतिमा फसेका प्रचण्डहरु पनि माटो छुन बाध्य बनेका छन् । किनकि साम्पाङहरुको क्रेजलाई प्रचण्डहरुले क्यास गर्न खोजिरहेका छन् । मानौं यो देशमा मात्र दुईजना जिउँदा मेयरहरु छन् । ७५३ स्थानीय तहमध्ये७५१ मा अर्काे कुनै बालेन–हर्क देखिएको छैन,जसलाई देखाएर चर्चा गर्न सकियोस् । उनीहरुका कामको तारिफ गर्न सकियोस् । तर यसो भन्दै गर्दा राजनीतिक दलका नेताहरुलाई भने मन पोलिरहेको छ ।
काठमाडौंसँगै जोडिएको ललितपुर महानगरमा काँग्रेसका चिरिबाबु महर्जनमेयर छन् ।कार्यसम्पादनका हिसावले सन्तोषजनक नै भएपनि उनको चर्चा खासै भएको छैन । चर्चा गर्न आवश्यक पनि देखिदैन । किनकि लोभलाग्दो र सिक्नै पर्ने काम उनीबाट भएको छैन ।झन स्वतन्त्रहरुको रापतापको यो मौसममा राजनीतिक दलका केही गर्न सक्ने मेयरहरु पनि ओझेलमा परेका छन् । स्वतन्त्र जस्तो काम गर्नेपर्ने दबाबमा राजनीतिक दलबाट आएका मेयरहरुमा नहुँदा उनीहरुमा दायित्वसमेत हराउँदै गएको छ । पूर्वको झापादेखि पश्चिमको महाकालीसम्म, तराईँका जनकपुरदेखि कर्णालीको जुम्लासम्मका मेयरहरु हाइसुक्ख जस्तैछन् ।
यसपटक बालेनको जोश र साम्पाङको क्रान्ति हेरेका धेरै युवाहरु संसदीय निर्वाचनको तयारीमा छन् । स्वतन्त्र पार्टी खोलेका रवी लामिछानेदेखि दल नै त्यागेर स्वतन्त्र बन्ने रहर देखाएका रञ्जु दर्शनासम्मका लागि बालेन–हर्क प्रेरणा हुन् । राजनीतिक दलहरुसमेत स्वतन्त्रलाई प्रयोग गरेर राजनीति गर्न खोजिरहेका छन् ।तर उनीहरुकै कारण आफुलाई संकट पर्ने खतरा महुसससमेत उनीहरुलाई भइरहेको छ ।
स्वतन्त्रबाट राजनीतिक दल आत्तिन र समर्थन पाएकै कारण स्वतन्त्र मात्तिन आवश्यक पनि छैन । जुन अहिले बालेन–हर्कमा देखिदैँ आएको छ । सामाजिक सञ्जालमा पाएको समर्थन कुनै दिन यही सकिन पनि सक्छ । एकसाता फोहोर नउठ्दा बालेन आलोचित बनेका छन् भने बालेनको विरोध गरेकै कारण हर्क गालीको शिकार बनेका छन् ।त्यसैले जोशलाई होसमा बदल्दै कार्यसम्पादनमा उत्कृष्ट बन्न आवश्यक छ ।किनकि उनीहरुले विताउनुपर्ने झण्डै साढे चार बर्ष सिंगै बाँकी छ ।


प्रतिक्रिया