काठमाडौं — नेकपा एमालेका नेता कुशलबाबु बस्नेतले उदयपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकाछन् । २०७४ सालको चुनावमा बाटै बाट टिकट खोसिएका बस्नेतले यस पटक पनि आफ्नो आकांक्षा दोहोर्याएका छन् । पार्टीमा गरेको त्याग र योगदान तथा अघिलो पटक टिकट खोसिएकाले पनि यस पटक आफ्नो जबरजस्त दाबेदारी रहने उनको भनाई छ । २०७४ सालको निर्वाचमा केन्द्रबाट बस्नेतको नाम सिफारिस भएर आएपनि पछि जिल्ला आइपुगदा टिपेक्स लागेर विमल कार्कीको नाममा टिकट आएको थियो । आफ्नो नाममा टिपेक्स लागेपछि असन्तुष्ट देखिएका कुशलबाबुले केन्द्रका नेताको सल्लाहमै उम्मेदवारी दर्ता गरे ।
केन्द्रिय नेतृत्वबाट शंकर पोखरेलले टिकट तपाईकै नाममा पठाइएको हो, मनोनयन दर्ता गर्नुस् भनेपछि उम्मेदवारी दर्ता गराएका बस्नेतले पछि नाम खाली राखेर पठाईको टिकटमा विमल कार्कीको नाम हालेर आएपछि असन्तुष्टी जनाएका थिए । बागी नभई नेताहरुकै सल्लाहमा मनोनयन दर्ता गराएका उनले पार्टीको विधी विधानलाई मानेर विद्रोहमा भन्दा सहमातिमा जानु उपयुक्त हुने मनसायले , नोबिनेसन फिर्ता लिएर आफै निर्बाचन परिचालन कमिटीको संयोजक भै जिम्मेवारी पूरा गरे ।यता बस्नेतको नामको टिकट उम्काएका कार्कीले चुनावपनि जिते । जनप्रतिनिधिको पाँच बर्षे कार्यकाल पुरा भएसँगै फेरि टिकट बाडबाफाँडको रस्साकसी सुरु भएको छ । बस्नेतको पत्रकारिता, मानबअिधकार र सामाजिक क्षेत्रमा निर्बाह गरेको भुमिकाले पनि जनतासंग सुमधुर सम्बन्ध।
जनतामा चिनिएका नेताभए पनि उनि पार्टी बाट भने पटक–पटक अन्यायमा परेकाछन्। तत्कालिन नेकपा हुँदा माधव खेमा फुटेर सडकमा जाँदा बस्नेतले जिल्ला सचिवको भुमिका निर्वाह गरेका थिए । संकटका बेला पार्टीको पथ नछोडेका उनले पछि जिल्लाको नेतृत्व दाबी गरे । एमालेको अबधारणा अनुसार एक व्यक्ति एक पदको सिद्धान्त अनुरुप पार्टी प्रदेश कमिटी बाट राजीनामा गरेर जिल्लाको नेतृत्व दाबी गरेका उनलाई त्यहाँबाट पनि पछि पारीयो । अध्यक्षमा सहमति नभएपछि सचिवमा ब्याक भएका उनलाई त्यहाँबाट पनि धकेलियो ,उनि अहिले संगठन विभाग प्रमुख र सचिवालय समिती सदस्य छन् । आफु पछि हट्दा पार्टी एकहुन्छ र फुटको असर पर्दैन भने एककदम पछि हट्छु भनेर त्याग गरेका वस्नेतले यसपटक भने प्रदेशसभा सदस्यको दौडबाट पछि नहट्ने संकेत गरेकाछन् । यस अघि स्थानीयतह निर्वाचनमा पनि उनी चौदण्डीगढी नगरपालिकाको मेयरका आंकाक्षी थिए ।
मेयरको दौडबाट पछि हटेका उनले अहिले सांसद बन्ने आंकाक्षा देखाएकाछन् । एमालेमा क्रियाशिल राजनीति गरेका बस्नेतलाई पार्टीले धेरै पटक, अन्यायमा पारेकाले पनि यो पटक मौका दिनु पर्ने एउटा तप्काको माग छ । पार्टी टुटफुट हुँदा पनि विचलीत नभइ झोला बोकेर हिडेका उनि अलिहे पनि विभिन्न सघ संस्थामा आवद्धछन् । कांग्रेस माओवादीको गठवन्धका बीच पनि बस्नेतलाई पार्टीले पत्याएर टिकट दिए उनि हेबीवइट उमेदवार हुन् । पत्रकारीता मानव अधिकार र राजनीति तीनै तहबाट जनताको नजिक रहेका उनलाई पार्टीले पत्याए , गठबन्धनलाई भारी पर्ने छनक देखिन्छ ।


प्रतिक्रिया