देश

राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ : योगश भट्टराई


काठमाडौँ — नेकपा एमालेका सचिव योगश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका औपचारिक अनौपचारिक छलफललाई लिएर भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले तत्कालीन राष्ट्रपति रामवरण यादबले आयोजना गरेका औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिस्ठ व्यक्तिले नै त्यहि काम भण्डारीले गर्दा अनावश्यक सक्रियता भन्दै टिप्पणी गरेर दोहोरो चरित्र देखाएको बताए ।

भट्टराईले फेसबुकमा लेखेका छन्, राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ । आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक संसदले फेरि जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिहरुसँग छलफल गर्दै आएका छिन् । जसलाई लिएर उनको आलोचना भइरहेको छ ।