Breaking

महागरपालिकाले भत्कायो भोटाहिटी (रत्नपार्कको) अण्डरपास सबवे माथिका अवैध संरचना


काठमाडौँ — काठमाडौं महागरपालिकाले भोटाहिटी(रत्नपार्कको अण्डरपास सब(वे माथि अवैध संरचना भत्काएको छ । आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो ।पैदलयात्रु हिँड्ने सब(वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काएको बताए । यस्तै सब(वेभित्रका ७ वटा बाहेकका सबै अवैध सटर हटाइएको महानगरपालिकाले जनाएको छ । यो सब(वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् । ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।