Breaking

सिटौला समूहबाट प्रतिनिधि सभामा २३ जना उम्मेदवारका आकांक्षी


काठमाडौँ — १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेसँगै नेपाली कांग्रेसमा कृष्णप्रसाद सिटौला पक्ष संस्थापन पक्षकै एक हिस्सा बनेको छ । तर सिटौला पक्षले पार्टीमा आफ्नो छुट्टै भागवण्डा खोज्न छाडेको छैन । पछिल्लो पटक १० महिला केन्द्रीय सदस्य मनोनित गर्दा सिटौला पक्षबाट धना खतिवडा परेकी छन् ।

सिटौलाले प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो पक्षका नेतालाई उम्मेदवार बनाउन देउवामाथि दबाव बढाइरहेका छन् । हाल उनी सभापति देउवाकै अग्रसरतामा तालमेलको मोडालिटी बनाउने सत्तारुढ गठबन्धनको कार्यदलको संयोजकसमेत छन् । सत्ता घटकमा तालमेलको मोडालिटी टुंग्याएपछि उनको ध्यान आफ्नै समूहमा आकांक्षीको व्यवस्थापनमा हुनेछ । प्रारम्भिक दाबी अनुसार सिटौला समूहबाट प्रतिनिधि सभामा २३ जना उम्मेदवारका आकांक्षी छन् ।